खनाल–नेपाल समूहको चाहना पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने -ओली

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकलाई करिब १ घण्टा सम्बोधन गर्दै ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीका लागि पर्याप्त भएको जिकिर गरे ।

बैठकका सहभागी एक सांसदका अनुसार ओलीले खनाल–नेपाल समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने भएको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही अघि बुटवलमा आयोजित एक कार्यक्रम सार्वजनिक रुपमै माधव नेपाल समूहको योजनाबारे खुलासा गरिसकेको उनको भनाइ थियो ।

उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरे । ‘भेलाका अगुवाकर्ताहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ’, ओलीले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । आफ्नै गतिविधिले उहाँहरु कारबाहीका भागिदार हुनुहुन्छ ।’

शनिबार, ०७ चैत, २०७७, दिउँसोको ०२:०१ बजे

सम्बन्धित खवर