माधव नेपाल पक्षका ४ सांसद ओलीले बोलाएको बैठकमा 

काठमाडौं ,चैत ७ / एमाले नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । नेपाल पक्षीय सांसदहरु कृष्णभक्त पोखरेल, सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् । पाण्डे नेपालको आफन्त समेत हुन् ।
नेपालका विश्वासपात्र मानिने पोखरेलले नेपाल लगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।

‘नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो’, उनले बैठकमा भनेको एक नेताले बताए ।

शनिबार, ०७ चैत, २०७७, दिउँसोको ०२:५७ बजे

सम्बन्धित खवर