तामाङ घेदुङको नयाँ समिति गठन

दमक/ तामाङ घेदुङ दमक नगर समितिको सातौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

सम्पन्न अधिबेशनमा हरि लामा संयोजक रहेको निर्वाचन समितिले दुर्गा तामाङ अध्यक्ष रहेको १३ सदस्यीय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सरिता तामाङ, सनक गोले रहेका छन् भने सचिवमा रिता तामाङ, सहसचिवमा पुकार तामाङ योञ्जन, कोषाध्यक्षमा रिबिना वाइवा रहेका छन् । समितिका सदस्यहरुमा क्रमश सोवित तामाङ, सन्दीप तामाङ, प्रेम तामाङ, शुक्रराज तामाङ, सोनी गोले, राजकुमार पाख्रिन र मनोज तामाङ सदस्य रहेका छन् ।

शनिबार, ०७ चैत, २०७७, दिउँसोको ०३:३८ बजे

सम्बन्धित खवर