एक्सेलको २९औं शाखा खुदुनावारीमा 

र्जुनधारा,झापा /   झापाको दुर्गम क्षेत्रकोरुपमा परिचित खुदुनावारीका स्थानीयहरुको पहुँचमा बंैकिङ सेवा पु¥याउने उद्धेश्यले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २९औं शाखा कार्यालयकोरुपमा खुदुनावारी शाखाले आजबाट आफ्नो सेवा शुरु गरेको छ ।
साविक खुदुनावारी गाँउ विकास समितिकै पहिलो बैंककोरुपमा हाल अर्जुनधारा–३स्थित खुदुनावारी बजारमा सेवा शुरु गरेको उक्त शाखाको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार राना र कार्यक्रमका अध्यक्ष एवम् बैंक सञ्चालक समितिका सदस्य गणेशप्रसाद खनालले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन गरिएको शाखा कार्यालयमार्फत् विभिन्न किसिमका निक्षेप योजनामार्फत् रकम जम्मा गर्न सकिने, आफ्नो आवश्यकता अनुसार आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिकलगायतमा कर्जा सुविधा र विभिन्न सेवाहरु प्रदान गरिने उल्लेख गरिएको छ ।
गत आर्थिक वर्ष ०७४÷०७५को प्रतिवेदन अनुसार खुद मुनाफा १५ करोड ५६ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको बैंकले हालसम्म निक्षेप संकलन छ अर्ब २५ करोड र कर्जा लगानी पाँच अर्ब ६५ करोड गरेको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल झापा, इलाम र मोरङ जिल्लाका विभिन्न स्थानमा ३० वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचथर र सुनसरीमा थप ६ वटा शाखा स्थापना गरि ३६ वटा शाखा कार्यालय पु¥याइने बताइएको छ । हाल रहेको ७० करोडको पूँजी वृद्धि गरि एक अर्ब २० करोड पु¥याउने निर्णय अनुसार आगामी दिनमा प्रादेशिक विकास बैंककोरुपमा प्रदेशभरी आफ्नो कारोबार सञ्चालन गर्ने बैंकको लक्ष्य रहेको अधिकृत पोखरेलले बताए ।
सदस्य खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष जीवकुमार भण्डारी “जीवन”, सञ्चालकद्धय कृष्णप्रसाद मिश्र र डा.रुपक खनाल, बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगप्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बैंकका नायव कार्यकारी अधिकृत रामकुमार गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कम्पनीका सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

बुधबार, ०६ चैत, २०७५, बिहानको ०९:३३ बजे

सम्बन्धित खवर