जसपा लुम्बिनी प्रदेशका ४ साम्सद निलम्बमा

बैकल्पिक खवर

काठमाडौं / चित्तबुझ्दो स्पस्टिकरण नदिए मन्त्री बन्न गएका जसपा लुम्बिनी प्रदेशसभाका साम्सदहरुको पद खारेज हुने भएको छ । पार्टीको निर्देश बिपरित मन्त्रीको सफथ खाएका ४ जना साम्सदलाई जनता समाजवादी पार्टीले लुम्बिनी निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।                                                                       

उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताएका छन् ।

सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए

मङ्गलबार, ०७ बैशाख, २०७८, बिहानको ०८:४२ बजे

सम्बन्धित खवर