अखिल (क्रान्तिकारी) लमजुङको अध्यक्षमा सुधुरपश्चिमका साउद ।

अखिल (क्रान्तिकारी) लमजुङको जिल्ला सम्मेलनले राजन साउद को अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

पोखरा, नेपाल कम्युनिस्ट पार्टी (विप्लप) निकट अखिल (क्रान्तिकारी) लमजुङको २२औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । हिजो सम्पन्न भएको  जिल्ला सम्मेलनले राजन साउद को अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । ।

सम्मेलनमा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले सम्मेलनको उद्घाटन गर्दै अहिले देशमा दुईखालको शिक्षा रहेको र पैसा हुनेले पढ्न पाउने र पैसा नहुनेले पढ्न नपाउने विभेदयुक्त छ भन्दै नेकपाले भनेको वैज्ञानिक समाजवादमा सम्पूर्ण शिक्षा निःशुल्क हुने बताउनुभयो ।

भुजेलले वैज्ञानिक समाजवादका लागि “एकीकृत जनक्रान्ति”मा लामबद्द हुन सबै युवा विद्यार्थीलाई आह्वान गरिन् सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क र केन्द्रीय सचिवालय सदस्य मिलन राईले शुभकामना मन्तव्य राखेका थिए भने नेकपा लमजुङ जिल्ला इन्चार्ज आक्रोशले बधाई मन्तव्य राखेका थिए।

राजन साउदको अध्यक्षतामा भएको सम्मेलनको कार्यक्रम सञ्चालक शिशिर भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य सुर्य गुरुङले राखेका थिए ।

मङ्गलबार, ०७ बैशाख, २०७८, दिउँसोको १२:१२ बजे

सम्बन्धित खवर