कमेडी च्याम्पियनका प्रतियोगी लाई कोरोना संक्रमण : १ हप्ताका लागी सुटिङ स्थगित

बैकल्पिक खवर

काठमाडौं / कमेडी च्याम्पियन्स २ को सुटिङ एक साताका लागि सरेको छ।एक जना प्रतियोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुटिङ सरेको आयोजकले जनाएको छ।शोले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् एक जना प्रतियोगीमा संक्रमण देखिएको जानकारी दिएको हो।

‘कमेडी च्याम्पियन २ का एक प्रतियोगीमा कोरोना संक्रमण देखिएका कारण सावधानी अपनाउँदै यो हप्ता हुने टप ९ को छायांकन एक साता पछाडि सार्ने निर्णय गरिएको छ,’ च्याम्पियन्स शोले फेसबुकमा लेखेको छ,’ टिमका बाँकी सदस्यको पनि परीक्षण जारी छ र क्वारेन्टिन तथा आइसोलेसनको पनि उचित व्यवस्था गरिएको छ।

मङ्गलबार, ०७ बैशाख, २०७८, दिउँसोको १२:१६ बजे

सम्बन्धित खवर