प्रदेश एक तरङ्गित , सरकार परिर्वतनको नयाँ खेल शुरु

मुख्यमन्त्रीविरुद्ध दुई साताभित्रै अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं ,बैशाख ७,
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश १ र बागमती प्रदेशमा सरकार परिवर्तनका लागि सहकार्य गर्नेगरी छलफल थालेका छन् । दुवै प्रदेशको सरकार परिवर्तनका लागि प्याकेजमा सहमति खोज्न केन्द्रीय तहमै छलफल भइरहेको छ ।

यी दुवै प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने योजना बनाएका दुवै दलले एमाले नेतृत्वको सरकार विस्थापित गर्ने साझा लक्ष्य बनाएको बताइएको छ ।
काँग्रेस र माओवादी केन्द्रबीच कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्नेबारे सहमति हुन बाँकी रहेको स्रोतको दावी छ । सरकारको नेतृत्व बाँडफाँटको विषय वैशाख २० गतेभित्रै टुङ्ग्याउने र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भईरहेको माओवादी केन्द्र निकट स्रोतले रातोपाटीलाई बतायो ।

‘अहिलेसम्मको छलफलमा प्रदेश १ मा सरकारको नेतृत्व माओवादी केन्द्रलाई दिने र बागमती प्रदेशको नेतृत्व काँग्रेस गर्ने गरी छलफल भईरहेको छ,’

मङ्गलबार, ०७ बैशाख, २०७८, दिउँसोको ०१:११ बजे

सम्बन्धित खवर