शिखा बचत तथा ऋण सहकारीको साधारणसभा भोली हुंदै

दमक ६ स्थीत शिखा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौँ बार्षिक साधारणसभा सम्पन्न गर्ने भएको छ । भोली भाद्र ४ गते दमक स्थित पशुपति मन्दिरको सभाहलमा साधारण सभा गर्न लागीएको संस्थाका ब्यवस्थापक नविन भट्टराइले जानकारी दिए । विगत ८ बर्ष देखी सहकारीका माध्यमबाट सेवा प्रबाह गर्दै आएको शिखाले प्रत्येक बर्ष आफ्नो बार्षिक साधारणसभा गर्दै आइरहेको छ । यस पटक पनि सोही परम्परालाइ निरन्तरता दिदैं संस्थाको आठौँ साधारणसभा गर्न लागिएको आयोजकले जनाएको छ । भोली हुने साधारणसभामा संचालक समितिको बार्षिक प्रतिवेदन, संस्थाको भावी कार्य योजना , लेखा समितिको प्र्रतिबेदन, नयाँ आर्थिक बर्षकालागी लेखापरिक्षकको नियुक्त , बार्षिक बजेट, विनियम संसोधन ,लगायत बिषयमाथि छलफल हुने जनाइएको छ । साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको र सबै शेयर सदस्यहरुलाइ पत्राचार तथा सुचना समेत गरीसकिएको ब्यवस्थापक भट्टराइले जनाएका छन ।

