उम्मेदवारी फिर्ता लिएर सहयोग गरिदिन देउवालाई गगनको आग्रह

झापा, ५ पुष/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उमेदवारी फिर्ता लिएर सहयोग गरिदिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन ।
संसदीय दलको नेताका लागि उमेदवारी दर्तापछि थापाले डा . शेखर कोइरालाले आफूलाई समर्थन गर्दै परिवर्तनको चाहनाको सम्बोधन गरेको बताए । देउवाले पनि परिवर्तनको आकांक्षाको सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
उनले देउवाको प्रस्ताव बसेका नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यका निम्ति उनको समर्थन फिर्ता लिन आग्रह गरे । देउवाको उमेदवारीमा समर्थक बसेका नेता प्रकाशमान सिंह र उपसभापति पूर्णबहादुर खड्कालाई पनि उमेदवारीमा गरेको समर्थन फिर्ता लिँदै परिवर्तनको प्रक्रियामा सहयोगी बन्न थापाले आग्रह गरे ।


Facebook Comments Box