दमक उद्योग वाणिज्य संघमा गुरागाईको प्यानल विजयी

दमक/ दमक उद्योग वाणिज्य संघमा देवीप्रसाद गुरागाई नेतृत्वको प्यानल विजयी भएको छ । विहान ४.३० वजे घोषणा गरिएको मतपरिणाम अनुसार संघको अध्यक्षमा ९८५ मतका साथ अध्यक्षमा देवी प्रसाद गुरागाईं ( गोपाल ) विजयी भए भने उनका प्रतिष्पर्धी प्रगतिशीलका बिमल खतिवडाले ६५१ मत पाएका थिए । यस्तै,वरिष्ठ उपाध्यक्षमा राजु खड्काले ८८२ मत ल्याई विजयी भए भने उनका प्रतिष्पर्धी प्रगतिशीलका राजन दंगालले ७१५ मत ल्याएका थिए । यसैगरी,प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङयाले ८२९ मत ल्याएर बिजयी हुदाँ उनका प्रतिद्धन्दी प्रगतिशीलका भरत चम्लागाईले ७८३ मत पाए । यस्तै, द्वितिय उपाध्यक्षमा प्रगतिशीलकी उम्मेदवार बिन्दु सिटौला(लक्की )ले ६०३ मत पाईन भने विजयी ज्ञाननाथ पौडेल (ज्ञानु )ले १००७ मतका साथ विजयी भए । यस्तै, तृतीय उपाध्यक्षमा रुबल अधिकारीले ९६९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी प्रगतिशीलका असिम राईले ६३१ मत पाए ।
महिला सदस्यमा तुम्बापो र अधिकारी
दुई सदस्य महिला सदस्यको कोटामा दुवै समूहले बरावरी जितेको छ । जसअनुसार कविता अधिकारीले १०१२ र लोकतान्त्रिककी संगीता तुम्बापो ( १०६८ ) मतका साथ विजयी भईन् । यस्तै, प्रतिष्पर्धी गंगा अधिकारीले ८७३ मत पाईन् ।
यसैगरि, खुल्ला छ जना सदस्यमा प्रगतिशीलका उमेश गजमेर , टिकाराम खतिवडा (९३९), तुलसीराम तिम्सिना (९६९ ), कमल कटुवाल ( ८३९), सुवासचन्द्र गड्तौला (८४२ ) , र हेमसागर अधिकारी (९०४ ) मत ल्याउदै विजयी भए ।
सदस्यमा प्रतिष्पर्धी चिरन न्यौपाने ७२७, स्वतन्त्र जय प्रसाद विमली ३४८,डम्बर बहादुर खड्का ५०३, मोहन मगर ६००,मोहन शिवाकोटी ६८३ र लोकनाथ सापकोटा ७४३ मत पाएका थिए ।
लेखा संयोजकमा चम्लागाई
लेखा समिति संयोजकमा लोकतान्त्रिककै नेत्र प्रसाद चम्लागाईले ९६५ मत प्राप्त गरि विजयी भए । उनका प्रतिष्पर्धी प्रगतिशीलका मुकुन्द आचार्यले ६७१ मत पाए । तीन सदस्यीय लेखामा अन्य दुई जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
बस्तुगत र लेखा सदस्य निर्विरोध
२२ सदस्यीय नयाँ कार्यसमितिमा संघको महिला उपाध्यक्षसहित ७ सदस्यीय बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए । जसअन्तर्गत महिला उपाध्यक्ष पदमा शुष्मा निरौला केसी ,बस्तुगततर्फ सदस्यतर्फ मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपक प्रसाद गौतम निर्वाचित भए । ती मध्ये गौतम मात्र एमाले निकटका हुन् ।यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र एमाले समर्थित समूहबाट षडानन्द घिमीरे निर्विरोध भएका थिए ।
शुक्रवार सम्पन्न मतदानमा संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदाता मध्ये १६ सय ८९ मत खसेको थियो । नयाँ नेतृत्वका लागि व्यवसायीले दलीय दुई वटा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

