राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो ।


राष्ट्रियता स्वाधिनता, संविधान, संघीयता र गणतन्त्रको रक्षाका लागि सहमति खोज्न कोशिस गर्ने निर्णय भएको र सहमतिको प्रयासका लागि टुंगो लगाउने जिम्मा प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलाई दिएको उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।
फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ । जसका लागि दलहरुले सक्रियता बढाएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसले आ–आफ्नै दलको राष्ट्रपति हुनुपर्ने अडान लिइरहँदा प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमति हुनुपर्ने धारणा राख्दै आएका छन्।
Facebook Comments Box