फागुन ९, २०७५ झापा / भद्रपुरस्थित झापा कारागार प्रशासनप्रति असन्तुष्ट कैदीबन्दीहरु बुधबार जेलर राजु दाहालले ज्यादती गरेको आरोप लगाउँदै हातमा प्ले कार्ड बोकेर करिब एक घण्टा नाराबाजीमा उत्रिए। कैदीबन्दी आफूहरुमाथि शोषण र अत्याचार गरेको भन्दै १७ बुँदे मागसमेत राखे। कारागारमा कैदीबन्दी आन्दोलनमा उत्रिएपछि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल तत्काल कारागार पुगेर कैदीबन्दीको माग र गुनासो सुनेका थिए। प्रजिअ दाहालसँग कैदीबन्दीहरुले जेलर दाहाललाई तत्काल सरुवा गर्नुपर्ने माग राखे। कैदीबन्दीको माग सम्बोधन गर्न प्रजिअले मौखिक सहमति जनाएपछि आन्दोलन साम्य भयो। जेलर दाहाललाई सोही दिन प्रशासन कार्यालय तानियो। उनको स्थानमा गौरीगञ्ज गाउँपालिकाका प्रशासकीय अधिकृत चुडाराज भट्टराईले खटाउने प्रजिअ दाहालले बताए। कारागारका चौकीदार मोहन धितालका अनुसार जेलर दाहालले कैदीबन्दीसँग विभिन्न वहानामा रकम माग्ने गरेको दाबी गरे। कैन्दीबन्दीले पाउने सुविधा नदिइ जेलर दाहालले उल्टै सम्पूर्ण खर्च माग्न थालेपछि आन्दोलनमा उत्रिएको कैदीबन्दीहरुको भनाइ छ। तर, जेलर दाहालका ती आरोप झुट भएको जिकिर गर्छन्। ‘कारागार प्रशासन वा मप्रति कुनै असन्तुष्टि भए एक पटक जानकारी गराउनु पर्ने हो,’ जेलर दाहालले भने, ‘म कार्यालय नभएका बेला आन्दोलन हुनु र मलाई हटाउनुमा राजनीतिक स्वार्थ छ।’ जेलर दाहालले चौकीदारले भनेको कारागार प्रशासनले पूरा गरिदिनुपर्ने, भनेको मानिदिनु पर्ने जस्ता कार्यमा कारागार प्रशासनले कडाइ गर्न थालेपछि चौकीदार धिताल योजनावद्ध रुपमा लागेर आफूलाई हटाएको दाबी गरे। भागबण्डा नमिल्दा विवाद करिब पाँच वर्षअघि पनि झापा कारागार यस्तै घटना सुन्न हुन्थे।

काराबारभित्रै कैदीबन्दीबीच कुटाकुट,

जेलभित्रै आगजनी र तोडफोड, जेलरविरुद्ध नाराबाजीजस्ता घटना हुन्थे। तर, पाँच वर्षसम्म यस्ता प्रकार घटना दोहरिएन। किनभने, त्यस अवधिमा चौकीदार र जेलरबीच आपसी समझदारीमा सबै राम्रा वा नराम्रा काम हुने गरेको सरोकारवालाहरुको भनाइ छ। पछिल्लो समय पुनः घटना दोहोरियो। कारागारका जेलर राजु दाहालले गत कात्तिक ७ मा कारागारको जिम्मेबारी सम्हाले। उनी स्थानीयवासी हुन्। दाहाल कारागार आउँदा चौकीदार मोहन धिताल नै थिए। जेलर स्थानीय भएकाले चौकीदारको सल्लाह बमोजिम कारागारको स्तरोन्नतिसँगै विभिन्न कार्यक्रम ल्याउनतर्फ लागे। त्यसमा चौकीदार धितालसहित कैदीबन्दीको पनि साथ थियो। कारागार स्रोतका अनुसार जेलर दाहाल आएपछि कारागारमा भौतिक निर्माणका काम धमाधम भइरहेको छ। ढल, शौचालय र ट्रस्ट निर्माण भइरहेको छ। कारागारले एक महिनाअघि ३० लाख रुपैयाँको ट्रस्ट निर्माणको ठेक्का आह्वान गरेको थियो।

ट्रष्ट निर्माणका लागि स्नेहा निर्माण सेवालाई करिब २६ लाखमा ठेक्का प¥यो। कारागारभित्र ट्रस्टको ठेक्का स्नेहालाई परेपछि चौकीदार धितालले कारागारभित्रको काम कैदीबन्दीको सहयोगमा आफूले गर्ने जेलर समक्ष आग्रह गरे। सोही आग्रहबमोजिम जेलरकै पहलमा चौकीदारलाई ट्रस्ट निर्माणको काम जिम्मा दिइयो। सोही ट्रस्ट निर्माणको लेनदेनमा कुरा नमिलेपछि जेलर र चौकीदारबीच विवाद बढ्दै गएको स्रोतको दावी छ। यता, तर, जेलर दाहाल लेनदेनको विषयमा कुनै विवाद नभएको दाबी गर्छन्। कारागार स्रोतका अनुसार १५ दिनअघि चौकीदार धितालकै आग्रह बमोजिम जेलरले ाकेश राजवंशी, अमर दर्जी र मानबहादुर राजवंशीलाई सुनसरीको भुम्का कारागार सरुवा गरेका थिए। उनीहरु चौकीदार धितालको विपक्षमा उत्रिएकाले सरुवा गरिएको स्रोतको दाबी छ। तीन जनालाई सरुवा गरेपछि जेलरविरुद्धमा त्यहाँका कैदीबन्दी रुष्ट भएको भनाइ छ।

Facebook Comments Box