होशियार ! नेपालमा हिटलरको उदय भइरहेछ : बाबुराम भट्टराई

काठमाडौं, चैत ८ / जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’को उदय भइरहेको बताउँदै त्यसबारे सबै सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीतर्फ सङ्केत गर्दै उनले सो कुरा बताएका हुन् । पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गर्दै ओलीले सबैमाथि खड्ग चलाउन थालेको उनको जिकिर छ ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ –‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेनँ किनकी कोही पनि बाँकी थिएन !’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !!

हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅ;…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाॅकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ!उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ!होशियार!

आइतबार, ०८ चैत, २०७७, बिहानको ०८:१२ बजे

सम्बन्धित खवर