दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा / एक टिपरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक नगरपालिका–४ चिया बगान नजिकै शनिबार बेलुकी साढे ५ बजे दुर्घटना भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ गइरहेको को २८ प ११३६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोरङ रतुवामाई नगरपालिका–८ का २४ वर्षीय अनीश कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते कोइरालाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

दुर्घटनामा प्रदेश १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका–८ का २३ वर्षीय निरन बस्नेत, सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १८ बर्षीय हर्सित बास्तोला, को २८ प ११३३ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका–८ का ४० वर्षीय तुलाराम ढुङ्गाना र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ८५ वर्षीय शिवलाल ढुङ्गाना घाइते भएका छन्।

घाइते बस्नेत र बास्तोलालाई उपचारका बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ भने अन्य दुई जनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकले टिपर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङसहित तीन वटै सवारीसाधन नियन्त्रणमा लिएको छ।

आइतबार, ०८ चैत, २०७७, बिहानको ०८:४६ बजे

सम्बन्धित खवर