७ चैत, २०७५ काठमाडौ / आज नेपाली राजनीतिक इतिहासका शिखर पुरुष स्व. गिरिजा प्रसाद कोइरालाको नवौं स्मृति दिबस । देशभर विभिन्न कार्यक्रम हुदैछन् । नेपाली काँग्रेस र उसका जनसम्पर्क समितिहरुले स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्दैछन् । नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला देशमा पाँच पटक प्रधानमन्त्री भएका थिए । भारत निर्वासनमा रहेकै बेला वि सं १९८१ सालमा कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाको पुत्रका रुपमा बिहार राज्यको टेडी शहरमा जन्मिएका कोइरालाको बाल्यकाल भारतमै बितेको थियो। आफ्नै पार्टीको सरकार भएका बेला सशस्त्र युद्धमा होमिएको माओवादीलाई शान्तिको बाटोमा डोर्होयाएका कोइरालाको महत्वपूर्ण कार्य मानिन्छ। मृत्यु शैयामा रहँदासम्म आफैले थालेको शान्ति प्रक्रिया र संविधान निर्माणप्रति चिन्तित उहाँको २०६६ साल चैत्र ७ गते निधन भएको थियो।

Facebook Comments Box