विभाजनको संघारमा जसपा, महन्थले राजपा ब्यूँताउने भएपछि पार्टीमा तरङ्ग

काठमाडौं /जसपा अध्यक्ष महन्थ ठाकुर र उनीनिकट केही शीर्षस्थ नेता एमालेसँग सत्ता गठबन्धनका लागि तयार भएपछि राजपा विभाजनको विन्दुमा पुगेको छ ।
महन्थले राजपा ब्यूँताउने भएपछि पार्टीमा तरङ्ग पैदा भएको जसपाले निस्कर्ष निकालेको छ । पार्टीको उच्च स्तरीय छलफलले यस्तो निस्कर्ष निकालेको हो । विवाद चुलिँदै गएपछि अब पार्टी धरापमा परेको छ । नयाँ सत्ता गठबन्धनलाई लिएर चार ठूला राजनीतिक पार्टीबीच खिचातानी सुरु भएको महिनौ बितेको छ । तथापि महिनौ बिताएको खिचातानीले आजसम्म पनि मूर्तरूप पाउन सकेको छैन ।

जसको फलस्वरूप गत चैत २७ गते तीन दल काँग्रेस, माओवादी केन्द्र र जसपाबीच नयाँ सत्ता गठनसम्बन्धी छलफल भएको थियो । तथापि उनीहरूको छलफलले मूर्तरूप भने लिन सकेन । जसपाले सत्ता गठनका बारेमा पार्टीमा छलफल गर्ने र निष्कर्षमा पुग्ने बताएपछि बैठक टुङ्गिएको छ ।

सत्ता गठबन्धनका लागि जसपा अहिले निर्णायक छ । यो पार्टीले एमाले वा माओवादी केन्द्र जुन पार्टीलाई साथ दिन्छ । उहीँ पार्टीसँगै मिलेर सत्ताको बागडोर सम्हाल्ने छ । यद्यपि अहिलेसम्म सत्ता गठबन्धन वा साझेदारीका लागि काँग्रेस र जसपाले कुनै पार्टीलाई साथ दिएको छैन ।
तर, जसपा भने सत्ता गठबन्धनका लागि भनेर प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्म ओलीसँग पटक–पटक छलफलमा सरिक हुँदै आएको छ ।

पछिल्लो विकसित घटनाक्रमलाई हेर्द, जसपाका केही नेता एमाले र केही काँग्रेस र माओवादी केन्द्रसँग भेटवार्ताको क्रममा रहेको बुझिएको छ । केही दिनअघि जसपा अध्यक्ष महन्थ ठाकुर र उनीनिकट केही शीर्षस्थ नेता एमालेसँग सत्ता गठबन्धनका लागि छलफल गरेका थिए ।

पूर्वप्रधानमन्त्री एवम् पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको बुझिएको छ । जसपा भित्रको राजनीतिक घटनाक्रमलाई नियाल्दा, नेता भट्टराई र अध्यक्ष ठाकुरबीच मतभेद देखिन्छ । भट्टराई काँग्रेस र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि छलफलमा रहेको स्रोत बताउँछ भने ठाकुरले एमालेसँग भेटवार्ता गरिसकेका छन् ।

पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष ठाकुरबीच सत्ता गठबन्धनका लागि संवाद र छलफल भए पनि कुरा मिल्न सकेको छैन । उनीहरूबीच कुरा नमिलेपछि एमाले र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि साठगाँठ गर्न थालेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरूले रडाको मच्चाएको जसपाका एक नेताले बताए । एकता भएको बर्षदिन नपुग्दै जसपा भित्र साबिकको राजपा ( राष्ट्रिय जनता पार्टी )ले आफ्नै पुरानो पार्टी ब्युताउने तयारी गरेको छ ।

राजपाका नेता कार्यकताहरु दिनहुुँ जसो राजपाको कार्यलयमा बसेर ओलि सङ सत्ता सहकार्य गर्ने गरि साबिककै राजपा लाई निरन्तरता दिने गरि छलफल भैरहेको श्रोतले बतायो । सोही योजना अनुसार आजभोलि महन्थ ठाकुर , राजेन्द्र महतो लगायतका नेताहरु जसपाको केन्द्रिय कार्यलय बालकुमारी जान छडेका छन ।

श्रोतका अनुसार महन्त ठाकुर सभामुख , राजेन्द्र महतो परराष्ट्र मन्त्री , लक्ष्मण लाल कर्ण गृहमन्त्री सहित ८ मन्त्रालय र महन्थ ठाकुर निकट सुरेन्द्र झा, केशब झा लगायत लाई महत्त्वपूर्ण नियुक्ति दिने गरि प्रधानमन्त्री केपि ओलिसंग आन्तरिक सहमती भएको छ ।

बुधबार, ०८ बैशाख, २०७८, बिहानको ०८:४६ बजे

सम्बन्धित खवर