इज्जत लिलामिमा छ ।

म बनावटी मुस्कान लिएर नाच्छु,
हुन्छ , धानुक बजार मृदंग सारै ।

ठेगाना सोध्छन् पायलकी छनकी
एक–एकले लज्जाकि गठरी उतारी ।

सजाँएर चाँदलाई मदहोसी लठ्ठीन्छ
रमिन्छ छुद्र , शरका ताज उतारी ।


बुद्ध निद्रामा हुन्छ
चिचाह्ट कोल्हाल हुन्छ ।
भित्ताले कान हराएको हुन्छ।

नतमस्तक हुन्छिन् ,पुर्णिामाको रात्री ।
नियाल्छिन चाँदनि, दाग आफ्नी शरिरकी ।
रुन्छिन जिम्मेवारी , स्वाभिमान हारेर ।
कति नै फरक छ र ?
तिमी सम्पन्नताको तारोमा बाधेर फुलेकी छौ त्यसैले तिमी स्वाभिमानी छौ र म विपन्नताको तारोमा बाधेर फुलेकी छु त्यसैले मेरो इज्जत लिलामिमा छ ।

बुधबार, ०८ बैशाख, २०७८, दिउँसोको ०३:२० बजे

सम्बन्धित खवर