प्रशान्त पुस्प रिजाल

२६ December 1893 मा Hu nan प्रान्तमा जन्मिएका माओ सन् १९११ को क्रान्ति पस्चात छ महिना सैनिकमा कार्यरत भए जहा उनले सैनिक दर्शनबारे यथेस्ट ज्ञान प्राप्त गरे । पछि १९१८ मा एक बिस्वबिद्यालयबाट स्नातक परीक्षा पास गरे । र पछि १९२२ – १९२३ मा एक प्राथमिक शिक्षालयको principle को रुपमा कार्य गरे।

१९२० -१९२१ मा Chen-Tu-shin को पहलमा एक साम्यबादी सम्मेलनको आयोजना हुदै दलको निर्माण भयो।त्यस पस्चात १९२७ को क्रान्तिमा उनी सक्रियताका साथ लागे। यसै बिच Chu Teh सँग मिलेर Red Armyको स्थापना गरे । तात्कालिन चिनको परीस्थिति अत्यन्त भयाभय थियो। जाङकायी सँगको आन्तरीक मतभेद का साथै जापानले पटक-पटक चिनलाई हमला गरिरहेका थिए | यसै बिच माओले कोमिन्ताङको पहाडमा हजारो लाल सेनाका साथ तीन हजार माइलको यात्रा गरे । तत. पस्चात उनी चिनिया साम्यबादी दलको प्रमुख नेता बने॥

माओ माक्र्सबादको नविन प्रयोगकर्ता थिए। उनले माक्र्सवादका सबै द्वस्टीकोणलाई नया उचाईमा लगे यद्दपी उनका रणनिति र विश्लेषण प्राचीन चिनिया संस्कृती इतिहास अन्तरगत नै थियो । एकपटक माओले भनेका थिए

” रुसको इतिहासले रुसी ब्यवस्थालाई जन्मदियो , चिनको व्यवस्थालाई चिनको इतिहासले जन्म दिने छ । चिनिया साम्यबादी पहिले चिन अनी मात्र साम्यबाद हो ।”

माओ एक अध्ययनशील ब्यक्ती थिए । चिनमा आदिमकाल देखी चलिआएको सस्कृती, बिचार पद्धती, ब्यवहारबारे उनमा राम्रो दखल थियो।अत उनको साम्यबादीधारा चिनिया सस्कृतीको माक्र्सबादी बिस्लेषण थियो।

चिनमा इशा पुर्व चौथो सताब्दीमा shang yang नामक विचारक र कन्फ्युसियस विच बैचारीक द्वोन्द्ध थियो।shang Yang को दर्शनमा राज्यको निरङकुशता, राज्य ब्यवस्थामा एकरूपता, शिक्षाको केन्द्रिकरण, साहित्यमा नियन्त्रण आदिपक्ष थिए । जसलाई माओले साम्यबादी विचारमा कलात्मक ढङगले ब्याख्या गरेका थिए । आजपनि जनवादी गणतन्त्रको चिनको सैद्धातिक ढाँचा त्यहि नै छ ।

चिनिया इतिहासमा चिन हुनु पुर्व middle Kingdom को नामबाट प्रसिद्व थियो जहा हजारौ नगर राज्यहरू निरङकुश शासकको अधीनमा थिए। त्यस बेला Hundred school of philosophy नामक विचार चिनमा प्रचलित थियो। उक्त दर्शनले मानब र समाज तथा ब्रम्हाव्णको व्याख्या गरेको थियो। माओको “सयौ फुल, सयौ बिचार सम्प्रदाय” सिद्धान्त त्यही विचारको माक्र्सवादी ब्याख्या थियो।

माओको प्रमुख राजनैतिक सिद्धान्त नया लोकतन्त्र (New Democracy) जर्मन या रुसी साम्यबादबाट लिएको थिएन ।
उनको यो सिद्धान्त प्राचीन Wang Mang(9-23AD) साम्राज्यको विचार नया राजबंश (New dynsty)बाट लिएका थिए। नया राजवंश विचारधार अन्तरगत सम्पुर्ण भूमिका राज्यको अधिकार रहने,कृषकलाई कम कर लगाउने, कृषकलाई सहुलियतमा ऋण दिने, उत्पादनका पक्षमा राज्यको एकाधिकार रहने जस्ता प्रमुख सिद्धान्त थिए । जसलाई माओले कृषि क्रान्तिमा कलात्मक ढङ्गबाट ब्याख्या गरेका थिए ।
माओले द्वारा प्रतिबादीत सैनिक रणनिति बोल्शेविकहरूबाट लिएको थिएन । कन्फ्युसियसका समकालिन shun Tzu चिनमा सैनिक रणनितिका प्रतिपादक मानिन्छ । उनका अनुसार
” युद्ध गरेर विजय प्राप्त गर्नु मात्र पुरूशार्थ हैन, युद्व नगरी शत्रुका सबै सामथ्य नस्ट गर्नुपर्दछ । यदि शत्रु र आफ्नो क्षमताको सहि बिस्लेषण गरे ठुलाभन्दा ठुला युद्वमा पराजयको मुख देख्नु पर्देन।”
माओद्वारा प्रतिपाद्धित Red Army को मुख्य रणनिति नै यहि थियो ।

नेपाली परीपेक्षमा Bernsten परस्त मदन भन्डारीले कम्युनिस्ट आन्दोलनलाई बिसर्जनबादमा लगे पस्चात बर्ग सङघर्ष युगको आवस्यकता थियो।फलस्वरुप ०५२ सालमा माओबादलाई सैद्धान्तिक आधार मान्दै एउटा बामपन्थी खेमा युद्धमा गयो । दुर्रभाग्यवस त्यो खेमाले बर्ग बिश्लेषण त गरयो तर रणनितिक तवरमा बिश्लेषण गर्न चुक्यो। माओबादी धेरै भए माओ कोहि भएनन । हाम्रो सस्कृती, इतिहास चिनभन्दा धनी छ । य६पी पुर्विय दर्शन र इतिहासको बिस्लेषण भन्दा कोर माक्सबादी पुस्तक कै धेरै विश्लेषण भयो । पुर्विय इतिहासमा श्री कृष्ण देखी बुद्ध, महाविर चाणाक्य सम्मका ब्यक्तिका महान विचारका सयौ दार्शनिक चिन्तन रहेका छन् । जसको गहन बिस्लेषण गरे क्रान्ति, सङघर्षको आधार तय गर्न सकिन्थियो । ओशो रजनिशले कृस्णको त्यो पुर्ण स्वरुपलाई व्याख्या गरेका छन् जसले शान्ति र क्रान्तिलाई सँग सँगै आत्मसाथ गर्न अदभुद क्षमता थियो ।
तथापी नेपाली क्रान्तिको बिश्लेणमा यी व्यक्तीको चिन्तनले कहिले स्थान पाएन। जातिय रूपमा गरीएको विश्लेषण पनि गलत थिएन । हामीकहा बर्ण ब्यवस्था कुहिएर चरम असमानता थिए । तथापी यसको हलका निम्ति सङघर्ष र विवेकानन्दको बैदिक समाजबादको समन्वय भएन । फलस्वरुप यसका बिकृतीहरू देखा परे॥जातिय प्रतिशोद र मतभेदहरू देखा परे ।
समग्रमा मदन भन्डारीले Brenston विचारधारालाई नेपाली कम्युनिस्ट आन्दोलनमा प्रयोग गरेसँगै निस्तेज माक्सबादी क्रान्तिकारी चीन्तनमा माओबादी विचारधाराले पुर्नजागरण अवस्य गरयो।यद्दपी १९९० मा Berlin Wall भत्किएर रुसी सत्ता टुटेसँग रक्षात्मक कम्युनिस्ट आन्दोलनलाई साङगठनिक आधार दिनुमा जबजकै मुख्य योगदान रयो॥

तसर्थ आजको आवस्यकता जबजको निभमा रहेको सङगठनमा माओबादले ल्याएको क्रान्तिकारी पुर्नजागरण र सस्कृती, इतिहासको बिस्लेषण सहितको आधुनिक समाजबादी बिचारको प्रतिपादन गर्नु नै बर्तमान कम्युनिस्ट पार्टिको मार्गचित्रण हुनुपर्छ ॥

Facebook Comments Box