होटल व्यवसायीहरुको अभिलेखीकरण गरिदै

दमक/ होटल व्यवसायी संघ माइपश्चिम दमकले आफना सदस्यहरुको अभिलेखीकरण गर्ने भएको छ । संघको दमकस्थित कार्यालयमा बसेको नियमित बैठकले नगर भित्रका होटल व्यवसायीहरुको नयाँ अभिलेखीकरण गर्नका लागि वडातहमा उपसमिति गठन गरि काम थाल्ने निर्णय भएको हो ।


दमकका दश वटै वडाहरुमा संयोजक तोकि जिम्मेवारी दिईएको संघका अध्यक्ष राजन दंगालले जानकारी दिए । जसअनुसार दमक १ र २ मा योगराज दंगाल र अम्बिका कुमाल, वडा नम्बर ३ र ४ मा राजकुमार गौतम, वडा नम्बर ५ मा मदन ढकाल , वडा नम्बर ६ मा गणेशप्रसाद अधिकारी, वडा नम्बर ७ मा मिनकुमार पुरी र वडा नम्बर ८ ,९ र १० का लागि दिपक फूयाललाई जिम्मेवारी दिइएको छ ।
होटल व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउनका लागि संघले वडास्तरमा सदस्यता अभिबृद्धि गराउन समेत अभिलेखीकरण गर्न लागिएको अध्यक्ष दंगालले जानकारी दिए । संघमा ४ सयका हाराहारीमा व्यवसायीले सदस्यता लिएपनि दोव्वर वढी होटल व्यवसायहरु रहेका अनुमान छ ।