शिवसताक्षीमा महिलाहरुले माहुरीपालन व्यवसाय ः साढे ३ करोडको मह उत्पादन

असार ६ दमक
झापाको शिवसताक्षी नगरपालीकाका महिलाहरुले मौरीपालन बाट देशमै प्रसस्त मात्रामा मह उत्पादन गर्न थालेका छन् । सतासी मौरी पालन सहकारी संस्थाका महिलाले यो बर्ष अघिल्लो बर्षको तुलनामा मौरी पालन ब्यावसाय बाट ४ गुणा धेरै मह उत्पादन गरेका छन । यसपाली हालको बजार मुल्यमा ३ करोड ६० लाख रुपयाँको मह उत्पादन गरेका छन् । हालसम्म उनीहरुले नेपालको मुख्य बजारहरुमा १ करोड २० लाख रुपयाँको मह विक्री गरिसकेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ मा महिलाहरुले मात्र संचालन गरेको मौरी पालन सहकारीका सदस्यले १० देखि २ सय ५० घार सम्म माहुरी पालेका छन् । ७ बर्ष वैदेशिक रोजगार गरेर फर्कीएकी धनमाया पाठकले माहुरी पालेर राम्रोसँग घर व्यवहार चलाएको बताइन उनले यो बर्ष मात्र झण्डै ५ लाख रुपँयाको मह विक्री गरेकी छन ।
पाठक जस्तै माहुरी पालेर स्वरोजगार बन्ने महिला अहिले सो संस्थामा मात्र १ सय ८४ जना छन् । डिकुरा देवी गजुरेलले १ सय घार माहुरी पालेकी छन । उनी सहकारी संस्थामा मह प्रशोधन कर्मचारीको रुपमा कार्यरत रहेकी छन ।
सहकारीका सदस्यले पालेका २ हजार ५ सय घार मौरीको मह बृद्धि भए पछि बजारिकरणमा समस्या भएको छ । धेरै मह उत्पादन भए पछि भण्डारण र बजारिकरणमा समस्या भएकोे संस्थाकी व्यवस्थपक देवी दाहालले बताइन ।
पछिल्लो समय नेपालमा व्यवसायिकरुपमा माहुरी पालन तर्फ किसानहरुको आकार्षण बढ्दै गएको छ । सतासी माहुरी पालन सहकारी संस्थाका महिलाहरुले गरेको माहुरी पालन व्याबसाय सबैका लागी उदाहरणीय बनेको छ ।

