शिखाको ८ औं बार्षिक उत्सव ः विद्यालयलाइ शैक्षिक सामाग्री

दमक,६ असार दमक –६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ८औं स्थापना दिवसका अवसरमा दमक १० स्थित सगरमाथा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सो अबसरमा उस्ले त्यहाँ अध्ययनरत ९२ जना विद्यार्थीहरुलाइ सो शैक्षिक सामाग्री वितरण गरेको व्यवस्थापक नविन कुमार भट्टराइले जानकारी दिए ।


बुधबार संस्थाले किताब बोक्ने झोला , साना कक्षाका विद्यार्थीलाई खुत्रुके, खेलौना सामग्री ( प्ले किड्स) र एक थान साउण्ड सिस्टम सेट दिएको हो । व्यवस्थापक नविन भट्टराईका अनुसार संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ, उपाध्यक्ष हिमादेवी पाण्डे, सचिव राजेन्द्र सुब्बा चेम्जोङ लगायत कर्मचारीहरु सहितको समूहले विद्यालयमै पुगेर ति सामाग्री हस्तान्तरण गरेको हो । आतिथ्यमा सो कार्यक्रम १० का वडाध्यक्ष बोधराज न्यौपानेको प्रमुख सम्पन्न भएको थियो ।