सुर्योदयमा पूर्वी पहाडकै पहिलो फुटबल प्रशिक्षण केन्द बन्दै

इलाम असार ६


सूर्योदयनगरपालिका इलाम र अखिल नेपाल फुटबल सघं बिच एनफा ट्रेनिङ सेन्टर स्थापना गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गत असार ४ गते नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच सम्झौता भए सगै अव इलामको सूर्योदय नगरपालिका वडा नं १२ को करफोकमा फुटवल ट्रेनिङ्ग सेन्टर स्थापना हुने भएको छ ।
ट्रेनिङ्ग सेन्टर र्निमाणका लागी सूर्योदय नगरपालिका र अखिल नेपाल फुटवल संघ एन्फाका बीचमा सम्झौता भएको हो । सम्झौता पत्रमा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई र एन्फा अध्यक्ष कर्मा्छिरिङ्ग शेर्पाले हस्ताक्षर गरेका छन् ।
सूर्योदयनगरपालिका वडा नम्बर १२ मा रहेको करफोकविद्या मन्दिरको नाममा रहेको ७० रोपनी जग्गमा ट्रेनिङ्ग सेन्टर स्थापना हुने नगर प्रमुख रष बहदुर राइले जानकारी दिनूभयो
खेलाडीहरुको तथा रेफ्रि चेन्जिङ्ग रुपम, मेडिकल रुम, प्रशासनिक कक्ष र मिटिङ्ग हल, जिम कार्यलय सहित रहने गरी आधुनिक भवन सहीत तीनवटा खेलमैदान निर्माण गरिने एन्फाका अध्यक्ष कर्मा्छिरिङ्ग शेर्पाले जानकारी दिए ।
निर्माण शुरु भएको पाँच वर्षमा ट्रेनिङ्ग सेन्टरको निर्माण पुरा हुने तर आउँदो हिउँदबाटै तालिम भने शुरु गर्नेगरि काम गरिने एन्फा अध्यक्ष शेर्पाले जानकारी दिनु भयो । टेनिङ्ग सेन्टर निर्माणको लागि एक करोड ३५ लाख रकम खर्च हुने छ ।
टेनिङ्ग सेन्टर निर्माणमा लाग्ने लागत एन्फा र सूर्योदय नगरपालिका कार्यालयले आधा आधा विनियोजन गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
सूर्योदयमा बन्न लागेको टे«निङ्ग सेन्टरले यस क्षेत्रको खेलाडीको विकासमा योगदान गर्ने रोङ गाउँपालिका अध्यक्ष समशेर राईले बताउनु भयो । उहाले छिमेकी गाउँपालिकाको रुपममा जे सहयोग गर्नुपर्ने हो, त्यो गन प्रतिवद्ध रहेको प्रष्ट पार्नु भयो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले खेल क्षेत्रमा लगानी गरे सामाजिक विकास हुने बताए । ‘अहिलेसम्म खेल क्षेत्रमा पर्याप्त लगानीनै नभएकाृ बताउदै बस्नेतले ‘खेलकुदमा लगानी नगरी प्रतिफल खोजेर हुँदैन ।’ सूर्योदय नगरपालिकामा बन्ने टे«निङ्ग सेन्टरले इलामको खेलकुद विकासमा योगदान गर्ने बस्नेतले बताउनु भयो ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ट्रनिङ सेन्टरको स्थापना हुनु निक्कै उपलब्धी भएको बताउनु भयो । सूर्योदयनगरपालिका सगै सिगों इलामका खेलाडीको प्रतिभा विकासमा टेनिङ्ग सेन्टर प्रभावकारी हुने नगरप्रमुख राईको भनाई छ
। ‘इलाममा राम्रा खेलाडी भए पनि उनीहरुले अभ्यास गर्ने ठाउँ पाइरहेका छैनन् नगरप्रमुख राई भन्नु भयो ,‘खेल क्षेत्रको विकासका लागि पोषणको व्यबस्थापनको लागि समेत काम गर्दैछौ ।’
सूूर्योदय नगरपालिकाले खेल क्षेत्रको विकासको लागि एक वडा एक खेलमैदान बनाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । यस अघि एन्फाको दश लाख र नगरपालिकाको २५ लाख रुपैयाँको लगानीमा करफोक खेल मैदानको स्तारोन्नती गरेको छ । नगरले खेल क्षेत्रमा यसरी उपलब्धीमुलक कार्यक्रम गरे सगै अव नगरको मात्रै हैन समग्र इलामकै फुटबल क्षेत्रमा निक्कै टेवा पुग्ने देखिएको छ । पूर्वी पहाडी क्षेत्रमा पहिलो पटक स्थापना हुन लागेको फुटवल टेनिङ्ग सेन्टरले यस क्षेत्रको खेल विकासमा योगदान पुग्ने अपेक्षा पुग्ने ठहर गर्दै नगरबासी हर्षित भएका छन । कार्यक्रममा एन्फा केन्दीय सदस्य निरोज खडगी फाकफोकथुम गाउपालिकाकाकी उपाध्यक्ष सरस्वती राई लगायतले शुभकामना मन्तब्य राख्नु हुदै एनफा र सूर्योदयनगरपालिका बिचको सम्झौता इलामको फुटबलको विकासमा कोशे ढुङगा हुने बताउनु भयो । स्वागत मन्तब्य उपप्रमुख दुर्गा देवी भटटराईले राख्नु भएको थियो ।
नगरपालिकामा भएको कार्यक्रममा माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राई जिल्ला समन्वय समितिका उपाध्यक्ष चित्रकला बराईली नगरका वडाअध्यक्षहरु पत्रकार खेल क्षेत्रका पदाधीकारी सरोकारवाला पत्रकारको बाक्लो उपस्थ्ीति रहेको थियो