माइलालाई ‘ज्यान मार्ने’ र ‘बम विस्फोट’विरुद्धको मुद्दा

साउन ५, २०७६
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका नेता माइला लामाविरुद्ध ‘ज्यान मार्ने’ र ‘बम विस्फोट’विरुद्धको मुद्दा चलाइने भएको छ ।


महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले कर्तव्य ज्यान (ज्यान मार्ने) उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाइने जानकारी दिए ।
उपत्यका ब्यूरो इन्चार्ज समेत रहेका लामा आइतबार मध्यराती विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट पक्राउ परेका थिए ।
यसअघि नै ललितपुर जिल्ला अदालमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएका उनीविरुद्ध नख्खु र काठमाडौंमा बम विस्फोटको आरोप समेत लागेको छ ।
Facebook Comments Box