संस्थापक लामीछानेको जन्मदिनको साइतमा, ब्याबसायीक यात्राको २५ औ बर्षगाँठ मनाउदै- बराह ग्रुप

देश तथा विदेशमा ख्याति कमाउन सफल धरानको चर्चित बराह ज्वेलरी तथा बराह ग्रुपले आफ्नो व्याबशायीक यात्राको पच्चिसौँ बर्षगाँठ आगामी असोज १३ गते भव्यरुपमा मनाउने भएको छ । हिजो बराह ग्रुपले धरानको बराह किचनमा आयोजना गरीएको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी दिइएको हो । सधै भाद्र ५ गते मनाउदै आएको बार्षिकउत्सव यसपाली भने बराह ग्रुपका संस्थापक स्वर्गीय इन्द्रकुमार लामीछानेको जन्मदिनको अबसर पारेर आगामी असोज १३ गते मनाउन लागीएको अध्यक्ष शिव कुमार लामीछानेले जानकारी दिनुभयो ।


नुन देखी सुन सम्म धरान देखी यु के सम्म भन्ने मुल नारा बोकेर ठिक आजभन्दा २५ बर्ष अगाडी ,बराह ज्वेलरी इण्डष्टिज प्रा ली सुन चादि का गरगहना बाट शुभआरम्भ भएको हो । धरान मा बराह ज्वेलरी ,बराह डिपार्ट्मेन्ट् स्टोर , बराह बचत देखी बराह कृषि उपज तथा पशुपालन हुँदै पछील्लो समय बिभिन्न दिर्घकालीन योजना सहित स्वदेशमै रोजगार सिर्जना गर्ने उद्देश्य लिएर बराह ज्वेलरी तथा बराह ग्रुप अगाडि बढी रहेको छ । धरान मा मात्रै नभएर बराह् ग्रुप अन्तरराष्ट्रिय बजार मा पनि बिभिन्न व्यवसायिक सेवा दिदै व्यवसाय विस्तार भैरहेको छ । बराह ग्रुप अन्तर्गत बराह ज्वेलरी ले विगत मा प्रत्येक बर्ष भाद्र ५ गते आफ्नो स्थापना एवम वार्षिक उत्सव मनाउदै आएको मा यस् बर्ष २५ औ व्यवसायिक उत्सव बिशेष भव्य रुपमा सम्पन्न गर्न प्रतिकुल मौसमको प्रभावलाई मध्य नजर गरी उत्सव कार्यक्रम असोज १३ गते गर्ने निर्णय भएको मंगलवार आयोजित पत्रकार सम्मेलन मा प्रदेस १ प्रमुख मान बहादुर बिस्वकर्मा ले जानकारी दिनु भयो ।
बराह ग्रुपका संस्थापक स्वर्गीय इन्द्र कुमारलामीछाने
उक्त दिन बिगतका बर्षहरुमा गरिदै आएका सम्पूर्ण सामाजिक कार्यक्रम सहित ईन्द्रकुमार लामिछाने को जीवनिमा आधारित पुस्तक पनि विमोचन हुने बताइएको छ ।
बराह् सपिङ्ग कम्प्लेक्स अन्तर्गत सन्चालित बिभिन्न व्यवसायिक युनिटहरुले २५ औ राजात जयन्ती को अवसरमा यही २०७६ भाद्र १ गते देखी १० गते सम्म सामान खरिदमा २५ देखी ५० प्रतिसत सम्म छुट्को व्यबस्था रहेको बिस्वकर्मा ले बताउनु भयो । वार्सिक उत्सव को अवसरमा रु २० लाख भन्दा सामान खरिद गर्ने ५ जना ग्राहक लाई बिशेष सम्मान गर्दै ५ जना बाट लक्की ड्र मार्फत एकजना लाई अहिलेको चर्चित भेष्पाको स्कुटी प्रदान गरिने बताइएको छ । वार्षिक रुपमा उपहार भन्दा अझ प्रभावकारी पुरस्कार राख्दै जाने लक्ष लिएको ग्रुप ले यो बर्ष पनि सबै ग्राहक हरुको लागि आकर्शक पुरस्कार को व्यवस्था , ग्राहक को सेवा सुबिधा मा ध्यान राखेकै कारण आर्थिक बर्ष २०७५ ,७६ मा ग्राहक को संख्या ३३५ ले बृदि भएको ग्रुप को दाबी छ । बिभिन्न क्षेत्र मा आफ्नो सेवा बिस्तार गर्दै आएको यस् ग्रुप ले २ बर्ष अगाडि नै धनकुटा को नाम्जेमा ७ रोपनी जग्गा लिसकेको र त्यहा निकट भबिस्य मै सुबिधा सम्पन्न होम स्टे निर्माण गरीने जानकारी दिंदै , आगामी दिनमा दिर्घकालीन बहुउदेश्य सहितको गुरुयोजना लएिर अगाडि बढ्ने लक्ष्य रहेको प्रमुख बिस्वकर्मा ले बताउनु भयो ।