दमक –६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाको ८ औं बार्षिक साधारण सभाका अवसरमा १३ जना ज्येष्ठ शेयर सदस्य र एसइइमा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाइ सम्मान गरेको छ । गरेको छ ।

जनही १ हजार रुपैयाँका दरले ७० बर्ष माथिका ज्येष्ठ शेयर सदस्यहरुलाई भत्ता प्रदान गरिएको व्यवस्थापक नविन भट्टराईले बताए ।
संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षता र जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको साधारण सभामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई विभिन्न विधामा साथै एसईईमा उत्कृष्ट ग्रेड प्राप्त गर्ने छात्र छात्रालाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, सहकारी अभियान्ताहरु चुडामणी ओझा, कमल घिमिरे, प्रेम कोइराला लगायतको विशेष आतिथ्य रहेको थियो ।

२०६९ सालमा स्थापित सो सहकारी संस्थाले गत आर्थिक बर्षमा १० करोड १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको सभामा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थामा १ हजार ३ सय ६३ जना सदस्य रहनुका साथै शेयर पुँजी १ करोड ९६ लाख रुपैयाँ भन्दा बढी पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । संस्थाको कारोबारको अवस्था बर्षेनी बढ्दै गएको संस्थाले जनाएको छ ।

Facebook Comments Box