काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारबाट गर्ने भएका छन् । उनी यही फागुन २० गते विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहा जाने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड फागुन २० गते दोहा जाने तयारीमा रहेको प्रचण्ड सचिवालय स्रोतले जानकारी दिएको छ । उक्त सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहने भएकाले प्रधानमन्त्री प्रचण्ड जाने तयारी भएको स्रोतले जनायो ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको कतार पहिलो विदेश भ्रमण हुनेछ । यसअघि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतलाई बनाउन पहल हुँदै आएपनि मिति तय भैसकेको थिएन । राष्ट्रपति निर्वाचनलगायतका कारणले तत्काल प्रचण्डको भारत भ्रमण निश्चित भएको हो ।

स्रोतका अनुसार राष्ट्रपति निर्वाचनका बीच पनि कतार भ्रमण भने जानैपर्ने बाध्यताका कारण प्रचण्ड त्यसतर्फ प्रस्थान गर्ने तयारीमा लागेका हुन् । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ भने त्यसका लागि यही १४ गते मनोनयन दर्ताको कार्यक्रम छ । उनी फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Facebook Comments Box