सडक दुर्घटनामा घाइते सांसद वलीको मृत्यु

फागुन १०, २०७५ ,काठमाडौँ / प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजे दुर्घटनामा घाइते वलीको उपचारका क्रममा निधन भएको हो ।
गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो ।
उनी तत्कालीन एमालेको तर्फबाट दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वा्चित भएका थिए । वली दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।


Facebook Comments Box