‘तिमी र म’ गीत सार्वजनिक

१० फाल्गुण, २०७५ काठमाडौं । फिल्म ‘कप्स’को ‘तिमी र म’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा अभिनेता अनुपविक्रम शाही र अभिनेत्री सन्दिपा लिम्बु फिर्चड छन् । विजय घिमिरे र नितु घिमिरेको स्वर रहेको गीतमा गायक घिमिरेको शब्द तथा संगीत रहेको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी रहेको छ । एक्सन लभस्टोरी जनराको फिल्ममा अनुप र सन्दिपासँगै अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, निरुता स्याङ्गतान सुन्दर श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई सम्राट सापकोटाले निर्देशन र राम शाक्यले निर्माण गरेका हुन् । सुशान्त प्रजापतीले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन् ।


Facebook Comments Box