२० युवालाई सहुलियत ऋण

सुरुङ्गा ९ फागुन / झापा कनकाई नगरपालिकाका २० युवाले सहुलियत ऋिण पाएका छन् । विभिन्न पेशा व्यावसाय गर्नका लागि युवा स्वरोजगार कार्यक्रम अन्र्तगत तालिमको आयोजना पछि सहुलियत दरमा ऋण उपलब्ध गराइएको छ ।


कनकाई नगरपालिकाले युवा स्वारोजगार कोषमा जम्मा गरेको २८ लाख रुपैँया रमक तालिमपछि जनही १ लाख देखि १ लाख ५० हजारसम्म रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्राप्त ऋण सहयोगबाट युवालाई स्वदेशमै स्वरोजगार बन्न उत्प्रेरित गर्न मद्धत गर्ने बताउनुभयो ।
सहभागिले आफुले पाएको रकमबाट बाख्रा पालन , कुखुरा पालन , बंगुर पालन र व्यावसायीक अचार उद्योग लगायातका काम गर्ने बताउनुभयो । स्थानीय सरकारले आफ्नै कोष खडा गरि प्रदेश नम्बर १ मै पहिलो पल्ट युवालाई स्वरोजगार बनाउन रकम प्रदान गरेको नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बताउनुभयो । यस आर्थिक बर्षमा समेत थप २८ लाख रुपैँया थप युवालाई स्वरोजगारका लागि कोषमा जम्मा गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । नगरपालिकाले बैङ्गिङ प्रणाली व्यावस्थापनका लागि साना किसान ऋण सहकारी संस्थालाई जिम्मा दिइएको छ ।