मोरङमा दुर्घटना, साइकलयात्रीको मृत्यु

९ चैत, काठमाडौं / मोरङको सुन्दरहरैंचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

को १८ प १८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सुन्दरहरैचा नगरपालिका–६ का ५५ वर्षीय इन्द्रबहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का २६ वर्षीय सेवन कोइरालाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार, ०९ चैत, २०७७, दिउँसोको ०२:२२ बजे

सम्बन्धित खवर