शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

चैत ८, २०७५ काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। ’फुड प्वाइजन’ का कारण स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार अपराह्नदेखि उनी पाटन अस्पतालमा छन्। गण्डकी मेडिकल कलेजको विवादसम्बन्धी छलफल सकेलगत्तै मन्त्री पोखरेल स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल पुगेका थिए। त्यहाँ केहीबेर परीक्षण गरेपछि चिकित्सकले भर्ना हुन सल्लाह दिएका थिए। ‘चिकित्सकले भनेपछि पाटन अस्पतालमा भर्ना हुनुभएको छ,’ मन्त्री पोखरेलका प्रमुख स्वकीय सचिव जीवन गौतमले भने। मधुमेहको औषधि सेवन गर्दै मन्त्री पोखरेलको अवस्था अहिले सामान्य रहेको उनले जानकारी दिए।


Facebook Comments Box