उत्कृष्ट शैक्षिक संस्थाको रुपमा निदी मा.वि.

दिनेश दंगाल
विर्तामोड / बिर्तामोड स्थित नीदी उच्च माध्यमिक विद्यालय झापाका उत्कृष्ट शैक्षिक संस्था मध्ये एक हो । करीब ५ बर्ष अघि बिर्तामोड¬–२ रामचौक भन्दा करिब सय मिटर दक्षिणमा स्थापना भएको निदी उच्च मावि ले अहिलेको बदिँदो शैक्षिक प्रणाली र प्रतिष्पर्धात्मक समयलाइ मनन गरी गुणस्तरीय शीक्षा प्रदान गर्ने सेवापरक संस्थाको रुपमा आफुलाइ उभ्याउन सफल भएको छ ।


सभ्य समाजका लागी नैतिक, चरीत्रवान, मानवतावादी, तथा राष्ट्रप्रेमी नागरिक उत्पादन गर्नु यसको उदेश्य रहेको छ । विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने र्सिजनशील तथा योग्य विद्यार्थीहरु उत्पादन गर्नु हाम्रो दायित्व हो भन्ने भावनालाइ आत्मासाथ गरी स्थापना भएको यो संस्थामा लामो समय देखी शैक्षिक क्षेत्रमा क्रियाशील क्रियाशिल ब्याक्तिहरुको संलग्नता रहेको छ । आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पर्ने आधुनिक भौतिक पूर्वाधार, यातायातका साधन, स्र्माट कक्षाहरु, डे बोडर्स तथा स्कोलरको ब्यबस्था, सुबिधा सम्पन्न कम्युटर तथा साइन्स ल्याब, पूर्णतया अँग्रेजी माध्यममा आधारीत अनुशासीत शैक्षिक बातावरण, नीरञ्तर मुल्याङ्कन पद्धति, नियमीत शैक्षिक भ्रमण, प्रोजेक्ट वर्क, खेलकुद,नृत्य तथा गीत संगितका लागी प्रसस्त सामाग्री सहितको अतिरिक्त क्रियाकलापको ब्यवस्था यस संस्थामा रहेको छ ।
धर्म, वर्ण, जात र स्तरको भावनात्मक विभेदलाई हटाई समाजमा स्वस्थ र समन्वयात्मक सम्बन्ध स्थापना गर्न अग्रसर यो निदी अंग्रेजी माध्यमिक विद्यालय प्रतिष्पर्धात्मक समय र बदलिँदो शिक्षा प्रणालीलाइ निरन्तर समेट्न सफल यस भेगकै नमुना शैक्षिक संस्था हो । अभिभावक र विद्यार्थीहरुको चाहाना र आवश्यकता लाइ मध्यनजर गर्दै यस संस्थाले उच्च माध्यमिक तह र स्नातक तह पनि सञ्चालनमा ल्याएको छ । हाल यहाँ उच्च माध्यमिक तह तर्फ विज्ञान तथा ब्यवस्थापन संकाय र स्नातक तहतर्फ व्यबस्थापन संकाय सञ्चालनमा रहेको छ । जो इन्द्रेणी क्याम्पसका नामले नेपालको पूर्व क्षेत्रमा नै प्रसिद्ध छ ।