इलाम, ९ वैशाख /  इलामको श्रीअन्तु नेपालका एक सय प्रमुख पर्यटकीय गनतव्य मध्येको एक हो । सूर्योदय दृष्यावलोकनका लागि सबैभन्दा आकर्षक स्थल अन्तु डाँडाबाट गर्न सकिन्छ । अन्तु डाँडाबाट विहान हेरिने सूर्योदय लोभ लाग्दो हुन्छ ।

अन्तु सूर्योदयका लागि जति प्रख्यात छ, त्यति नै होम स्टेका लागि परिचित छ । नेपालको सबै भन्दा ठूलो होम स्टे श्रीअन्तुको हो । तारा गाउँ बिकास समितिले तालिम दिए पछि २०५९ सालबाट सुरु भएको होम स्टे आज नेपालको सबै भन्दा ठूलो भएको छ । ४३ घर होम स्टेमा दर्ता छन् भने १७ घर दर्ताको प्रक्रियामा रहेका छन् । वार्षिक ६० हजार भन्दा बढी पर्यटकले होम स्टेमा रहने गरेको नेपाल राष्ट्रिय होम स्टेका केन्द्रीय सदस्य एकराज घिमिरेले बताए ।

अन्तु डाँडाबाट सूर्योदय मात्र होइन, नेपाल र भारतका तराईका फाँट, भुटानका पहाडहरु, दार्जि्लिंगका बस्ती र कञ्चनजंगा हिमालको दृष्यावलोकन गर्न सकिन्छ । अन्तुमा १२ महिना चिसो हुन्छ । छिनछिनमा मौसम परिवर्तन हुनु श्रीअन्तुको मुख्य विशेषता हो ।

पर्या पर्यटन र कृषि पर्यटनका लागि पनि श्रीअन्तलेु ख्याति कमाएको छ । चियाका लोभलाग्दा डाँडा, अदुवा, अम्लिसोले पनि श्रीअन्तुमा आकर्षण थपेको छ । अन्तु पोखरीको वोटिंग पनि त्यतिकै आकर्षक छ । ९ वटा रिसोर्ट र ५ वटा होटल संचालन छन् भने केही ठूलो होटल निर्माणको चरणमा छन् ।

अन्तु लोपोन्मुख लेप्चा जातिको थाकथलो हो । लेप्चा भाषामा अत्थु भनेको अग्लो डाँडो हुन्छ । त्यहाँ अन्य जातिको बसोवास भएसँगै अत्थु अपभ्रम्स भएर अन्तु भएको हो । पंचायत कालमा अन्तु र श्रीबुंग गाउँ पंचायत एकीकृत भएर श्रीअन्तु भएको थियो । श्रीअन्तु हाल सूर्योदय नगरपािलकामा पर्दछ । सूर्योदय आफैँमा पर्यटन र चियाका लागि प्रसिद्ध छ । यसलाई चियाको राजधानी पनि भनिन्छ । सजिलो खवरवाट

Facebook Comments Box