झापा/  दमक ३ का मानबहादुर र ममता भुजेलका ११ महिनाका छोराको शरिर जलेको छ । कुपीको आगो सल्कदा शरिरको केही भाग जलेको थियो । बालकको उपचारका लागि धरान लगेपनि थप उपचारका लागि काठमण्डौ लैजान भनिएपछि परिवारले पैसा नभएको भन्दै बालकलाइ घरमा नै ल्याएका थिए ।
घटनाको बिषयमा थाहा पाएपछि बालकलाइ दमक नगरपालिकाको पहलमा सरकारी दमक अस्पताल ल्याउने वातबारण बनाईएको थियो । त्यहाँबाट डा. सुर्यनारायण शाहले लाइफलाइन अस्पतालमा रेफर गरेका थिए । डा. समिर भट्टराइ, बालरोग विशेषज्ञ डा. रजनिश मिश्र, डा.सृजन अधिकारी लगायतको टोलीले उपचार गरेको छ । आइतवार बालकको डिस्चार्ज भएको छ ।

लायन्स क्लब अफ दमक गोल्डका अध्यक्ष काशी खातीको सहयोग
यसैबीच अति बिपन्न परिवारका नाबालकको शरिर जलेको र दैनिक रुपमा आवश्यक खानेकुराको समेत अभाव भएको थाहा पाएपछि लायन्स क्लब अफ दमक गोल्डका अध्यक्ष काशी खातीले अस्पताल बस्दा बिरामी तथा बिरामीको कुरुवाले खाएको सबै रकम तिरिदिएका छन् ।
उनले आँउदा दिनहरुमा अस्पतालमा देखाउन सहजहोस भनेर उक्त परिवारको स्वास्थ्य बिमा समेत गराइदिएका छन् । अस्पतालमा नै स्वास्थ्य बिमा गराउने स्वयंसेवक बोलाएर आउदो जेठ १ गतेदेखि लागु हुनेगरी स्वास्थ्य बिमा गराइदिएको खातीले बताए ।

Facebook Comments Box