७ असार २०७६ इटहरी / इटहरी उपमहानगरपालीकाका मेयर द्धारिकलाल चौधरीले नगरभित्र भैरहेको यौन धन्दा लगायतका बिकृतिको बिषयमा खरो उत्रने वताएका छन । केही दिन अघि एउटा कार्यक्रमको बिषयलाइ लिएर बिभिन्न टिकाटिप्पणी भैरहेको बेला मेयर चौधरीको यस्तो भनाइ बाहीर आएको हो , भ्रष्टचार जस्तै यो पनी समाज बिगार्ने जघन्य अपराध भएकोले यस्लाइ पनि अभियानकै रुपमा अगाडी बढाउने तयारी भैरहेको मेयर चौधरीले वताए । इटहरीमा मौलाएको यौन धन्दा र भ्रष्टाचारको बिषयले राजधानीसम्म चर्चा पाइरहेको छ, यसले हाम्रो शीर निहुरिएको छ , हामी सबै इटहरीवासीलाइ लज्जित बनाएको छ भन्देै मेयर चौधरीले केहीदिन अघि आफुले वेश्यावृतिको बारेमा दिएको अभिब्यक्ती प्रति कुनै पछूतो नरहेको वताएका छन ।
यो कार्यमा सहयोगका लागी सम्पुर्ण नगरवासीहरुमा आग्रहगर्दै मेयर चौधरीले जो महिलाहरु यो गलत धन्दामा संलग्न छन तिनिहरुप्रति आफ्ना अभिब्यक्ती केन्द्रित भएको भन्दै चौधरीले आम महिला दिदीबहीनिहरुले यसबाट तरंगित हुनुपर्ने कारण नभएको वताएका छन । विगत १० बर्ष अघिदेखी जग्गाको कारोबार बढेसंगै इटहरी लबिपुर आसपास क्षेत्रमा यो धन्दा मौलाएदै आएको छ । यही धन्दाका कारण लबिपुर चौकतिरका कपडा पसल, कस्मेटीक, व्युटीर्पालर, मेडिकल लगायतको ब्यापारमा चहलपहल बढेको तर्फ इङ्गित गर्दैे व्याबसायीक मुनाफाको लागी आफ्नै वरीपरी भैरहेको त्यस्तो धन्दापनि नजरअन्दाज गर्नेहरुलाइ “रण्डी जिन्दावाद भन्नुहोस” भनेर मैले व्यङग गरेको हो मेयर चौधरीले भने ।
यो बिषयलाइ लिएर केही संचारक्षेत्रका मानिस र महिलाअधिकारकर्मीहरुले गलत अर्थ लगाएर ब्याख्या गरीरहको भन्दै मेयरले चौधरीले भने –“ यदी महिला अधिकारकर्मीहरुको कुरा महिलाले आफ्नो शरीर बेच्न पाउनु पर्छ , यौनधन्दा गर्न पाउनु’ पर्छ ,देहव्यापार महिलाहरुको अधिकार भन्ने हो भने चाही त्यसमा द्धारीकलाल चौधरी सहमगत हुन सक्दैन” । तिव्र सहरीकरण हुदैै जाँदा यस्ता विसंगतिहरु आंउछन यसलाइ निराकरण गर्न सकिएन भने समाजलाइ नकारात्मक असर गर्ने भएकाले सबै मिलेर यो समस्याको समाधान खोजिनु पर्ने मेयर चौधरीको भनाइ रहेको थियो ।

Facebook Comments Box