शिक्षा ऐन सम्वन्धि बिवाद समाधान गर्न गौरीगंज गापा सहमत

गौरीगंज गाउँपालिकाले जारी गरेको स्थानिय शिक्षा ऐन सम्बन्धि उत्पन्न विवदलाई समाधान गर्न दोस्रो चरणको छलफल भएको छ ।
गौरीगंज गाउँपालिकाको सभाहलमा आज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष तथा शिक्षा समितिका संयोजक दिपिन्द्र थापा र शिक्षासंग आवद्व पेशागत संगठनहरूको प्रतिनिधिबीच छलफल भएको हो ।
संवाद समुह झापाको सहजीकरणमा पेशागत शिक्षक संगठनहरूबीच अन्तरक्रिया गरि स्थानिय शिक्षा ऐनका विवादित बुदाहरूको यकिन गरि तयार गर्ने र सो पश्चात् गाउँपालिकाका अध्यक्षसहित शिक्षासमितिका संयोजक र जनप्रतिनिधिबीच अन्तरक्रिया गरि तत्काल सम्वादको माध्यमबाट निराकरण तर्फ अघि बढ्ने सहमति भएको हो ।


यसअघि गौरीगंज गाउँपालिकाकोे स्थानिय सरकारले स्थानिय शिक्षा ऐन बनाउदा सरोकारवालाहरूसंग समन्वय नगरी जारी गरेको भन्दै शिक्षासंग आबद्व संगठनहरूले पटक पटकज्ञापनपत्र बुझाएका थिए । स्थानिय सरकार गौरीगंजले २०७५ साल फागुन महिनामा जारी गरेको जारी स्थानिय शिक्षा ऐनमा शिक्षक नियुक्ति, सरूवा, प्रधानाध्यापक नियुक्तिका विषयमा संघिय शिक्षा ऐनलाई मिचेर स्थानिय सरकारले अधिकार खोसेकोमा उनीहरूले आपत्ति प्रकट गरेका गर्दै आएका छन् । उनीहरूले शिक्षकहरूले संघिय शिक्षा ऐन र प्रादेशिक ऐन बनेपछि मात्र स्थानिय ऐन बनाउनु पर्ने बताउदै आएका छन् । कार्यक्रममा नेपाल शिक्षक परिषदका उपाध्यक्ष कुमार भण्डारी, नेपाल शिक्षक संघ गौरीगंज अध्यक्ष गोपाल प्रसाद ताजपुरिया, नेपाल शिक्षक महासंघ गौरीगंजका सचिव तथा युएनटुका अध्यक्ष प्रकाश चन्द्र राजवंशी, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष बरूण राजवंशी, संघिय मधेशी शिक्षक मञ्चका अध्यक्ष सुरेन राजवंशी, नेपाल शिक्षक संघ गौरीगंजका सचिव बुलेन्द्र राजवंशीलगायतको सहभागिता थियो ।