महामहिम को नसुन्ने कान

नेत्र चापागाँइ


श्रीमान को नाम,माफिया को दाम, ओलि गुट को पुच्छर, एक सामान्ती घरकी सासु को जस्तो ब्यवहार भएकी हाम्री रास्ट्रपति लाइ के थाहा स्वतन्त्रता को लडाइँ मा तानाशाह हरुले शेरबहादुर को जिब्रो मा करेन्ट लगाउदा को पिडा । एउटा गरिमामय कार्यक्रम मा पुर्ब प्रधानमन्त्री प्रमुख प्रतिपक्षी को नेता लाइ जसरी गिज्जाइनुले के प्रस्ट हुन्छ भने को रास्ट्रपतिको त कुरै छोडौँ अहिले पनि वाँहा पाटिको झोले कार्यकर्ता भन्दा माथी उठन सकेको देखीएन ।
सायद शेरबहादुर स्वतन्त्रता को लडाइ लड्दा महामहिम राजनीति को क , ख सिक्दै हुनुहुन्थ्यो होला, । राष्ट्रपतिले यसरी देउवालाइ गीज्याइ रहदा मलाइ बिगतको याद आयो जुनबेला म स्कुल छोडेर गणतन्त्र को लागी लड्दा वाँहा गणतन्त्र बयलगाडा चडेर आउदैन भन्ने गणतन्त्र बिरोधी ओलि लाइन मा साडी उचालेर हिडिरहको देखेको थिए । काकताली परेर रास्ट्रपति हुनुभो त्यसका लागी बधाई नै छ तर दावाका साथ भन्छु गणतन्त्र ल्याउन उनको भन्दा त मेरो नै अलिकति भए पनि योगदान बढी छ । , आज वाँहाको बिलासि जिवन शैलीले मेरो पनि अपमान भएको छ , तपाईंको गल्ती को उत्तर हामिले सडक मा दिनुपर्दा को पिडा त झन छदै छ ।
रास्ट्रपति ले शेरबहादुर को मात्रै कुरा नबुझेको होइन वंहाका कानपनि त्यक्तिकै नसुन्ने छन । मधेस तथा थारुको पिडा वंहाले सुन्नु नै भएन । बालिका निर्मला पन्तको बलात्कारको चित्कार पनि नसुनेकै हो । आफ्नै पाटीको सम्मान योग्य नेत्री अस्टलक्ष्मी शाक्यलाइ बहुतै अपमानपुर्ण दमन गरेको विगत ताजै छ । जहाज कमिसन को कान्ड सुन्ने कुरै भएन , एनसेलको भ्रष्टाचारको को कुरा त झन वंहाले करेसरी सुन्नु । सिमाना मिचिएको , बाढी पिडित, भुकम्पपिडित को कुरा सुन्नु भन्दा महारानी जस्तै झोला अरुलाइ बोकाएर हिड्नु नै वंहालाइ ठिक लाग्यो , बालुवाटार जग्गा कान्डको वास्तविकता त झन कसरी सुन्नु विचरा सुकुम्बासी बिस्णु पौडेलले थिए त्यहां । यसरी हेर्दा लाग्छ देउवा को जिब्रो भन्दा रास्ट्रपति को कान चाँही नसुन्ने भएको हो ।
चुरो कुरा
उनले मात्रै ओलि को कुरा सुन्छिन , शैक्षिक माफिया उनका आफ्mन्त । छन बिदेश घुम्दा सगै लान्छिन ,भुमाफिया भेट्छिन आसेपासे बोलाएर मुख्य मन्त्री देखी वडा अध्यक्षसम्मको गुट बनाउन कस्सिएर लाग्छिन । लाल उन्मादले उनको कान पुरै टालीएको छ , उनलाइ बेस्सरी लाल उन्माद चडेको छ । एउटा उखान छ नि नपाउने ले केरा पायो बोक्रा सगै खायो , हो यस्तै भएको छ उनलाइ यो राष्ट्रपति पद । काँग्रसजनहरु हो देउवा को कुरा नसुने को मा चिन्ता नगर्नुहोस उनले सुन्ने बानी बिर्सिएकि हुन। अष्टलक्ष्मीको योगदान नदेख्ने बिद्या ले स्वभाबिक देउवा को कुरा बुझ्ने कुरै भएन । आफ्नै श्रीमान को भासण नबुझेकी रास्ट्रपति ले देउवा को कुरा नबुझ्नु स्वभाबिक नै छ । देउवा को जिब्रो भन्दा रास्ट्रपति को कान बिग्रेको सत्य हो। लाल उन्माद बेलैमा अन्त्य होस अन्यथा कम्युनिस्टको अन्तिम रास्ट्रपतिको इतिहास बनाउन समय आफै लाग्ने छ ।।।।
महामहिमका जारी कानको जय होस
लेखक चापागाँइ समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष हुन ।