उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूसँग परार्मशगरेरै मन्त्रालय हेरफेर भएको बताएका छन । आफ्नो चाहाना अनुसार नै प्रधानमन्त्रीले कानून मन्त्रालयको जिम्मेवारी दिने सहमती भएपछी कानुन मन्त्रालय लिइएको यादवले बताएका छन ।

‘राजनीतिक हिसावले ठिक होला तर मेरो लागि स्वास्थ्य मन्त्रालय निकै झन्झटिलो मन्त्रालय हो’ भारत भ्रमणमा रहेका यादवले नागरिक टाइम्ससँगको विशेष कुराकानीमा भने ‘स्वास्थ्य मन्त्रालय निकै पेचिलो मन्त्रालय रहेको भन्दै आफूले बिगतमा पनि आफ्नो मन्त्रालय परिवर्तन गरिदिन प्रधानमन्त्रीसामू पटक(पटक आग्रह गरेको थिँए ।’

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले सरकारबाट तत्कालै निस्कनुपर्ने कुनै कारण नरहेको भन्दै कानून मन्त्रालय मार्फत अब आफूले नै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन् ।

‘ सबैले मिलेर देशलाई बिकसित र समृद्ध बनाउनुपर्ने अबस्था आएकोले ‘खाली आन्दोलनको कुरा गरेर मात्रै नहुने बताउदै उपप्रधानमन्त्री यादवले अब राजपा पनि यहि सरकारमा सामेलहुनुपर्ने बताएका छन ।

राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई हटाएकोमा आपत्ती जनाउँदै उनले राजनीतिक सहमतीको बिपरित कार्य भएको बताए । ‘स्वास्थ्य मन्त्रालयको कामकार्य हाम्रो राज्यमन्त्री ज्यूले नै बढी हेर्नुहुन्थ्यो’ तर उहाँलाई मन्त्रीपरिषदबाटै हटाइएको छ, त्यो सहमती बिपरित कार्य हो ।’

उनले भने ‘काठमाण्डौ आएर यसबारे थप कुराकानी हुनेछ ।’ ‘मन्त्रालय परिर्वतन गरेकोमा मलाई कुनै आपत्ती छैन । तर हाम्रो राज्यमन्त्रीलाई हटाएकोमा मेरो आपत्ती छ, स्वास्थ्यमा नभए शहरीमै राख्न मिल्थ्यो तर उहाँलाई हटाएर दुई दलबीचको सहमती बिपरित कार्य भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दे बुधवार राती यादवलाई स्वास्थ्यबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिएको हो । प्रधानमन्त्रीले स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई भने पदमुक्त गरेका छन् ।

Facebook Comments Box