दमकको बालुवाटारमा ‘गुड मर्निङ रोड’ बन्ने

झापा, ७ पुष/ दमक ८ स्थित रतुवा नदिको किनारलाई ‘गुड मर्निङ रोड’ निर्माण हुने भएको छ । यसकालागि विहिबार स्थानीयहरुको भेलाले निर्माण उपभोक्ता समितिसहित एउटा अनुगमन समिति समेत गठन गरेको छ ।
निर्माण समितिको अध्यक्षमा प्रेम मगर, उपाध्यक्षमा गंगा प्रसाद सिटौला, सचिवमा जय प्रसाद बिमली, सहसचिवमा नबिन बोहोरा, कोषाध्यक्षमा कमला लिम्बूसहित १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । गठित समितिको सदस्यहरुमा राजकुमार भण्डारी , गंगा प्रधान , सीता दाहाल ,नेप बहादुर दर्जी , कृष्ण गिरी, दिपक शिवाकोटी , तारा गिरी , हरि दाहाल रहेका छन् ।
यस्तै निवर्तमान वडाध्यक्ष पशुपतिराज गौतमको अध्यक्षतामा बिष्णु माया भट्टराई , प्रकाश तिम्सिना , दुर्गा चुडाल , भुपेन्द्र बोहोरा , पवन दुलाल , पदम गिरी रहेको सात सदस्यीय एक अनुगमन समिति गठन गरिएको छ ।
अभियानको अगुवाई गरिआएका गगन पुरीका अनुसार दमकको पूर्वदक्षिण तर्फको रतुवा बगरमा बनाईएको तटबन्धमा आर्कषक ‘गुड मर्निङ’ रोड बन्ने छ । यहाँ खासगरी बिहानीपख हिड्नेहरुका लागि संरचना बनाइन लागेको हो ।
यसअघि पनि सो क्षेत्रलाई ग्रीन बेल्ट बनाउने भन्दै केहि फलैचाहरु समेत निर्माण तथा बृक्षरोपण पनि गरिएको थियो । तर संरक्षणको अभावमा त्यो योजना भने पूरा हुन सकेको छैन् । अहिले त्यहि कामलाई नयाँ नाम दिएर सुरु गर्न लागिएको बुझिएको छ ।

