बिष्फोटमा परी घाइते भएका सिंहप्रतापको मृत्यु

११ फाल्गुण, २०७५ ललितपुर / नख्खुस्थित एनसेलको कार्यालयमा शुक्रबार राति भएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । उक्त बम बिष्फोट परी ३ जना घाइते भएका थिए । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त बिष्फोटका बारेमा अनुसन्धान गरिरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बिस्फोटबाट वरिपरीका घरमा समेत क्षति पुगेको छ । त्यसैगरी, काठमाडौं कमलपोखरीमा रहेको आँगन रेष्टुरेन्ट अगाडि फेला पारेको बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ । त्यस्तै, पोखरामा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ । बाग्लुङमा रहेको एनसेलको टावरलाई लक्षित गरेर बिस्फोट गराइएको छ। बिष्फोट कसले गर्यो त्यसका बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

