११ फाल्गुण, २०७५ सुनसरी /  आगलागी हुँदा रामधुनी नगरपालिका–१ डुमरिया गाउँमा आठ लाख बराबरको क्षति भएको छ । स्थानीय महेश चौधरी र चुमकलाल चौधरीको घरमा शुक्रबार एक्कासि आगलागी हुँदा उक्त क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । आगलागीमा परेर घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदीलगायत फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । खाना पकाएर बारीमा फ्यालेको खरानीबाट सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ । इनरुवा र इटहरीबाट गएका वारुणयन्त्र तथा स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

Facebook Comments Box