जन्मदिन मनाउने नयाँ तरिका = जन्मदिनमा कपी हस्तान्तरण

दिनेश दंगाल
दमक, ११, फागुन/  दमकस्थित लायन्स क्लव अफ दमक गोल्डका तृतीय उपाध्यक्ष राम कार्कीले आप्नो जन्मदिनको अवसर पारेर शुक्रवार दुर्गम विद्यालयमा वितरण गर्नेगरि ३ सय प्रति कपी हस्तान्तरण गरेका छन् । एक कार्यक्रमको आयोजना गरि उनले लायन्स क्लव ३२५ ए डिष्ट्रिकका गंगादेव चौधरीलाई हस्तान्तरण गरेका हुन् । लायन्स क्लव ३२५ ए डिष्ट्रिकले यो वर्ष एकलाख कपी पहाडी दुर्गम क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीहरुलाई वितरण गर्ने लक्ष राखेको जनाइएको छ । अभियानकालागि लायन्सले दमक इस्र्टन लायनका संस्थापक सदस्य तथा समाजसेवी गंगादेव चौधरीलाई कपी संकलनको जिम्मा दिएको छ । सो अवसरमा जीवन चक्र समाजका अध्यक्ष गणेश गौतमले ठेला, रिक्सा मजदुरदेखि किसान सम्मलाई समेटेर लायन्सलाई साझा बनाउनु पर्ने धारणा राखेका थिए ।

यसैगरि लायन्स क्लव अफ इस्र्टन लायनका अध्यक्ष विमल शर्माले लायन्सले समाज सेवा र विपतमा परेकालाई सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा लायन्सले स्वास्थ्य क्षेत्रलाईपनि उतिनै ध्यान दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा कपी संकलन अभियानका संयोजक गंगादेव चौधरीले कपी संकलन गर्नुको उदेश्यबारे प्रश्ट पारेका थिए । लायन्स क्लव अफ लखनपुरका सेक्रेटरी हेमचन्द्र अधिकारीले उपाध्यक्ष कार्कीलाई जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन दमक गोल्डका सेक्रेटरी नविन ताम्राकारले गरेका थिएभने कार्यक्रमको अध्यक्षता गरेका लायन्स क्लव अफ दमक गोल्डका अध्यक्ष काँशी खातीले जन्मदिनको अवसरमा विभिन्न नाममा फजुल खर्च गर्नू भन्दा यस्ता सामाजिक र परोपकारी काममा खर्च गर्नु सबैका लागी प्रेरणादयी हुने बताउँदै आगामी दिनमा सम्पूर्ण लायन्सकर्मीहरुले अनुसरण गर्नुपर्ने बताए । उनले दमक गाल्डका तृतीय उपाध्यक्ष राम कार्कीले लायन्स भित्र नयाँ कामको शुरुवात गरेकामा धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।

शनिबार, ११ फागुन, २०७५, बिहानको १०:५० बजे

सम्बन्धित खवर