केपि ओलिमा धरहरा भन्दा अग्लो दम्भ छ : नेता नेपाल

बैकल्पिक खवर

जनकपु /नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपि ओलीमा धरहराभन्दा अग्लो दम्भ रहेको आरोप लगाएका छन्। ओलिको कदम पार्टीको हित बिपरित र निरङ्कुस रहेको भन्दै देशभर समानन्तर समिति गठन गर्दै आइरहेका नेता नेपालले आज जनकपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन । सो अवसरमा नेता नेपालले धरहरा भन्दा अग्लो दम्भ र अहंकार पालेका ओलीले आफूलाई निलम्बन गर्न नसक्ने बताएका थिए ।

‘माने मान् नभए बाटो खुला छ जा, भन्ने ढंगको अहंकार र दम्भ उहाँमा छ,’ मेरियट होटलमा कुराकानी भएको प्रसंग निकाल्दै नेता नेपालले भने, ‘हिजो धरहरा हेरिराख्नु भएको थियो, ओलीको दम्भ धरहराभन्दा माथि छ।’

ओलीले मेरियट होटलमा आफूसँग कारवाहीबारे विचार गर्न सकिन्छ भनेको पनि नेपालको दाबी छ। ‘तपाईंको छ महिनाको कारवाहीको बारेमा विचार गर्न सकिन्छ भनेर हिजो भन्नुभयो,’ उनले भने, ‘तपाईंले पार्टीबाट मलाई निकाल्ने? मैले यही प्रश्न गरेँ।’ उनले पार्टी, आन्दोलन, संगठन र लोकतन्त्रबाट आफू नभाग्ने बताए।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको ‘डिनर मिटिङ’ बारे नेता वामदेव गौतमले अर्का नेता माधवकुमार नेपाललाई ब्रिफिङ गरेका छन्।

बिहीबार बेलुकी प्रधानमन्त्री ओलीसँग गौतमले डिनर मिटिङ गरेका थिए। उक्त भेटमा आफूले गत फागुन २८ मा गरेका निर्णय फिर्ता लिन भने पनि ओलीले अस्वीकार गरेपछि आफू त्यहाँबाट हिँडेको गौतमले बताइसकेका छन्।बालुवाटारमा ओलीसँग गरेका कुराकानीबारे गौतमले एमालेमा समानान्तर गतिविधि चलाइरहेका माधव नेपाललाई ब्रिफिङ गरेका हुन्। नेता नेपाल जनकपुरमा छन्।
शुक्रबार बिहान नेपाललाई मेसेज र फोन गरेर गौतमले ओलीसँग भएका कुरा जानकारी गराएका थिए। जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले यो कुरा खुलाएका हुन्।

‘तपाईंहरूले अर्को समाचार पनि सुन्नुभएको छ, हिजो राति वामदेव कमरेडसँग बालुवाटारमा डिनर मिटिङ भयो। आज बिहान वामदेव कमरेडले मलाई फोन गर्नुभयो। मलाई मेसेज पठाउँदै भन्नुभयो- मलाई हिजो राति ८ बजे निन्द्रामा बालुवाटामा बोलाएका थिए। म पनि अन्तिम कोसिस गरौं न त भनेर त्यहाँ गएँ। पार्टी मिलाउने कुरामा भूमिका खेल्नुस् भनेको थिएँ। फागुन २८ को मुद्दा फिर्ता लिनुस् भनेको उहाँले लिन्न भनेपछि डिनर नै नखाएर म त्यहाँबाट हिँडे भनेर वामदेवजीले भन्नुभयो।’

ओली दम्भी भएको र पार्टी सिध्याउन खोजेको भन्दै गौतमले भेटेर कुरा गरौं भन्ने प्रस्ताव राखेका थिए।
नेपालले यसबारे भने, ‘ओली दम्भी छ। ओलीले पार्टी सिध्याउने भए, तपाई र बसेर कुरा गर्नुपर्‍यो भनेर उहाँले भन्नुभयो।’

 

शुक्रबार, १० बैशाख, २०७८, साँझको ०५:४९ बजे

सम्बन्धित खवर