एमाले झापा इन्चार्जको जिम्मेवारी हिक्मत कार्की लाइ

बैकल्पिक खवर

आज बसेको नेकपा एमाले महाधिवेशन आयोजक समितीको बैठकले झापा जिल्ला इञ्चार्जको जिम्मेवारी प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई दिएको छ ।
आज बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलिको अध्यक्षतामा बसेको बैठकले विभिन्न तहको जिम्मेवारी बारे निर्णय गर्दै आफ्नो गृह जिल्ला झापाको इन्चार्जको जिम्मेवारी कार्की लाई दिएका हुन । यस अघि नेकपा हुँदा झापामा रविन कोइराला पार्टीका जिल्ला इञ्चार्ज थिए । उनी माधव नेपाल समुहमा छन । त्यसैगरी एमालेले स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई जिम्मेवारी दिएको छ । दुवै नेता प्रधानमन्त्रीका बिस्वास पात्रका रुपमा चिनिन्छन ।जिम्मेवारि पाउने कार्कि र भण्डारी प्रधानमन्त्री ओलिको निर्वाचन क्षेत्रका स्थायी बासिन्दा हुन ।

शुक्रबार, १० बैशाख, २०७८, साँझको ०६:०४ बजे

सम्बन्धित खवर