इनरुवा / सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द भएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी ४८ घण्टाका लागि सीमा नाका बन्द गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। वैशाख १० गते मंगलबार हुने भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका सुनसरीका सीमा नाका बन्द गरिएको उनले जानकारी दिए। नेपाल र भारतमा हुने निर्वाचनका वेलामा दुवै देशका सीमावर्ती क्षेत्रका प्रशासनिक निकायले आपसी छलफल र सहमतिका आधारमा सिमा नाका बन्द गर्ने गरिन्छ। सुरक्षालाई मध्यनजर गर्दै आइतबार राति १२ बजेदेखि वैशाख १० गते साँझ ६ बजेसम्मका लागि सीमा बन्द गरिएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। जिल्लाका कोशी ब्यारेजदेखि केसल्या नदीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको प्रहरी उनले बताए।

Facebook Comments Box