बरगाच्छी देखि रोडशेषसम्म बर्षात हुनु पहिलेनै कालोपत्रे बन्ने

विराटनगर / विराटनगर रानी ,इटहरी ,धरान सडक आयोजना अन्तरगत बरगाच्छी देखि रोडशेषसम्मको सडकखण्डको कालोपत्रे गर्ने काम बर्षातको समय अगावै सक्ने सहमती भएको छ ।


परियोजना अन्तरगतका सडक र नालीको आज गरिएको अनुगमनका क्रममा यसखाले सहमती भएको हो । विराटनगर महानगरका मेयर भीम पराजुलीको समन्वयमा परियोजनाका प्रमुख बद्रीप्रसाद शर्मा , ठेक्केदार कम्पनी टुन्डीरमणका सिभिल इन्जिनियर आनन्द ठाकुर,क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख भरत न्यौपाने,इन्जिनियर घनश्याम काफ्लेलगायतको टोलीले अनुगमन गरेको थियो ।
विराटनगर स्थित बरगाच्छि देखि रोडशेषसम्मको भागमा बर्षातको समय अगाडीनै कालोपत्रे गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । यसका लागि दिनरात दुवै समय काम गर्ने ठेकेदार कम्पनी टुन्डीरमनका सिभिल इन्जिनियर आनन्द ठाकुरले बताए । सो क्रममा मेयर पराजुलीले सिक्सलेन आयोजनाको काममा भइरहेको ढिलासुस्तिले विराटनगरका सहायक मार्ग निर्माणमा समेत ढिलाइ भएको भन्दै तत्काल काम सक्न आग्रह गरे ।
महानगगरका सहायक मार्गमा जोडिएका सवै सडक जोडिने स्थानमा कल्भट निर्माणमा भएको ढिलाइका कारण डुवान समस्या सिर्जना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सवै शाखा बाटोहरु क्लियर नहुदा पानी जम्ने खतरा बढेको छ । वर्षादको समय नजिकिदै जादा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आफुले परियोजनालाई जानकारी गराएको बताए ।
परियोजनाका प्रमुख बद्रीप्रसाद शर्माले विराटनगर रानी,इटहरी ,धरान सडक आयोजना अन्तरगत सडकका भागहरु खण्डिकरण गरी विभिन्न समयमा टेन्डर लागेकाले कामको प्रकृति ढिलो,चाढो हुन गएको बताए । बर्षातको समय अगावै खास ,खास समस्याग्रस्त क्षेत्रमा द्रुतगतिमा काम गरिने शर्माले प्रतिबद्धता जनाएका थिए ।