इलाम,८ असार । आफ्नो काममा हुने गरेका आलोचना र टिप्पणी हत्तपत्त स्विकार्न नचाहने जनप्रतिनिधिका कारण देशका कतिपय स्थानीय तहमा ‘तनाव’ छताछुल्ल भइरहेको छ। तर सूर्योदय नगरपालिका का मेयर रण बहादुर राइ भने गुणस्तरहीन आयोजनाको कामबारे उजुरी गर्न आफैं नगरवासीलाई आह्वान गरिरहेका छन्,। सूर्याेदय नगरपालिकाको बेखी र मेची राजमार्ग जोड्ने बाइपास कच्ची सडक स्तरोन्नतिको काम सकेर ठेकेदार कम्पनीले नगरलाई जिम्मा दिन खोज्यो। नगरपालिकाका जनप्रतिनिधिसहित प्राविधिकको टोलीले आयोजना निरीक्षण ग¥यो। ठेकेदारको काम ‘चित्त नबुझेपछि’ नगरले सबै भत्काएर फेरि निर्माण गर्न लगायो। त्यसपछि सडकमा नाली निर्माण, सोलिङ र ग्राभेलको काम गुणस्तरीय भएको छ।

कतिपय वडामा भएका सडक निर्माणका काममा पनि त्यही प्रक्रिया दोहोरियो। निर्माणकर्ताले काम सकेको भन्दै अन्तिम भुक्तानी लिन खोज्दा नगरले अनुगमन ग¥यो। निर्माणमा चित्त नबुझेपछि काम दोहो¥याउन लगाइयो। नगरको चेतावनीपछि ती सडकको काम पनि सुधारियो। गुणस्तरीय सडक निर्माण भए। यी दुई उदाहरण हुन्। नगरको लगानीमा चालू आर्थिक वर्ष २०७५र७६ मा वडा–वडामा सञ्चालन भएका विकासे कामको जनप्रतिनिधि र प्राविधिकले अनुगमन गरिरहेका छन्।

मेयर रणबहादुर राईको सक्रियताका कारण अनुगमन प्रभावकारी बनेको छ। उपप्रमुख संयोजकत्वको योजना अनुगमन समितिले विकासे कामको नियमित अनुगमन गरिरहेकै छ। तर फुर्सद मिल्ने र अरू कुनै कार्यक्रममा जाँदा बाटो मिल्ने भए मेयर आफैं अनुगमनमा पुग्छन, काम कस्तो हुँदैछ हेर्छन, चित्त नबुझे तुरुन्त पुनर्निर्माण नै गराउँछन् साथै स्थानियवासी, करोकारवाला सबैलाइ नगरभीत्रका र्निमाण सम्बन्धि काममा कुनैपनि कमजोरी भेटीए तुरुन्त उजुरी गर्न भनिरहन्छन ।

Facebook Comments Box