काठमाडौं  असार ८ / समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी्बिच पनि एकता हुने भएको छ । जसका लागि दुई दलका नेताहरुबिच छलफल भइरहेको स्रोतले जनाएको छ ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष राजेन्द्र महतोबिच पछिल्लोपटक जनकपुरमा पनि छलफल भएको थियो ।

यसअघि तत्कालिन संघीय समाजवादी फोरम र राजपाबिच एकताका लागि पटक–पटक आपसमा पत्राचार भएको थियो ।
तर संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी्बिच एकता भइहालेपछि राजपाका नेताहरु टाढिएका थिए ।

स्रोतका अनुसार अहिले पुनः एकताका लागि संवाद थालिएको हो । समाजवादी पार्टी निकट स्रोतका अनुसार समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई तीनैजना राजपासँगको एकताका लागि तयार छन् ।उत्पीडितहरुको पक्षमा शक्तिशाली राजनीतिक शक्ति निर्माण गर्नका लागि एकता गर्न लागिएको बताइएको छ ।
स्रोतका अनुसार समाजवादी पार्टी र राजपाबिच एकता गर्दा राजेन्द्र महतोको स्थान कसरी निर्माण गर्ने भन्ने विषय प्रमुख छ ।राजपाका नेता महन्थ ठाकुर सर्वोच्च नेता बनाउने तयारी गरिएको छ । यता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई वरिष्ठ नेताकै रुपमा रहनेछन् ।‘राजेन्द्र महतोको बारेमा कुराकानी मिल्नासाथ एकता हुन्छ,’ समाजवादीका एक नेताले भने, ‘एकता गर्नुपर्छ भन्ने विषयमा दुवै पार्टीका नेताहरु प्रष्ट छन् ।

Facebook Comments Box