रासस | ४ घण्टा अघि साउन ७, २०७६ झापा /

मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका मुद्दा फर्स्योटबाट मात्रै तीन करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले ५३० मुद्दा फर्स्योट गर्दा तीन करोड ३६ लाख ५८ हजार रुपैयाँ राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷७५ बाट सरी आएका १७ तथा आव २०७५÷७६ मा दर्ता भएका ५३२ गरी कुल ५४९ मुद्दामध्ये ५३० फर्स्योट भएका थिए। झापाका विभिन्न नाकाबाट अवैधरूपमा हुने चोरीका मुद्दामा निकासीभन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायबसुब्बा छत्रबहादुर आलेमगरले बताए। चोरीपैठारीमा यातायातका साधनदेखि मोटरपार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान रहेका छन्। अवैधरूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए।

Facebook Comments Box